
स्टकहोम । स्विडेनमा जन्मदर अत्यन्त न्यून भएको तथ्याङ्क सार्वजनिक भएको छ ।
सन् २०२२ को पहिलो छ महिनाको जन्मदर हेर्दा १६ वर्ष पछिकै सबैभन्दा कम जन्मदर देखिएको हो ।
स्विडेनको तथ्याङ्क अधिकारीहरूले औपचारिक रुपमा बिहीबार दिएको जानकारी अनुसार यस अवधिमा ५४ हजार ६५० जना जन्मिएका छन् । यो सङ्ख्या अघिल्लो वर्षको यही अवधिको तुलनामा ६.७ प्रतिशत कम हो ।
स्विडेनका जनसङ्ख्या शास्त्री टोमस जोनसनले यस वर्षका हरेक महिना अघिल्लो वर्षका हरेक महिनाभन्दा कम जन्मदर देखिएको बताउनु भयो ।
जन्मदर घट्नुको पछाडि धेरै कारण हुन सक्ने विज्ञहरूको भनाइ छ । प्राध्यापक गुनार अन्डेर्सन जन्मदर घट्नुलाई विभिन्न तरिकाले हेर्न सकिने बताउनुहुन्छ । सामान्यतयाः कोरोना भाइरसको महामारी, कोरोना भाइरस विरुद्धको खोप अभियान, आर्थिक सङ्कट लगायतका कारण मुख्य कारण हुन सक्ने उहाँको बुझाई छ ।
गत जुन ३० सम्मको तथ्याङ्क अनुसार स्विडेनको अहिलेको कुल जनसङ्ख्या एक करोड चार लाख ८७ हजार ८५९ रहेको छ ।
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
मदनकृष्ण श्रेष्ठको स्वर र अभिनयमा ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी