
लण्डन । ए-स्टार नेपलिज बास्केटबल लिगको उपाधिका लागि बलर्स स्लामर्स र स्यान्डहर्स्ट निक्सका अन्तिम खेल हुनेभएको छ ।
हालसम्मको १४ खेलमा बलर्स स्लामर्स १२ खेलमा जित तथा दुई खेलमा हारसहित २६ अंक पाएर शीर्ष स्थानमा छ भने स्यान्डहर्स्ट निक्स १४ खेलमा ११ वटामा जीत ३ वटामा हार झेल्दै २५ अंक पाएको छ ।
अब अन्तिम खेल २७ अगष्टका दिन स्लामर्स र निक्सका बीच ब्रुनेल युनिभर्सिटी स्पोर्टस सेन्टर अक्सब्रिज लण्डनमा हुनेछ । बिहान १०:३० देखि साँझ ५:३० सम्म हुने खेलमा विजेताले ट्रफी तथा प्रमाण पत्र पाउने छन् ।
यस्तै, लिगको तेस्रो स्थानका लागि डिबीएस र वाटरमेलन स्नाचर्सका बीच खेल हुनेछ । यस्तै, सोही दिन महिलातर्फ ‘म खेल्छु’ टीमबाट दुई समूहले बास्केटबल खेल्नेछन् ।
प्रतियोगिताको अन्तिम दिनमा उपस्थितहरुका बीच अन्तरक्रियात्मक र मनोरन्जनात्मक खेलहरु, संगीत र नाचहरु पनि प्रस्तुत हुने छन् । विजयी र उपविजयी टीमका खेलाडीहरुलाई नेपाली दुताबास लण्डनका उपनियोग प्रमुख श्रीमती रोशन खनालले प्रमाणपत्र तथा ट्रफी प्रदान गर्नुहुने कार्यक्रम रहेको छ । कार्यक्रममा हिलिङडन काउन्सिलका डेपुटी मेयर सेहर्यर अहमद वालाना, एनआरएनए युकेका अध्यक्ष प्रेम गाहामगर, हाउन्स्लो काउन्सिलका काउन्सिलर विष्णु गुरुङ लगायतका समुदायका अगुवाहरुको उपस्थिति रहनेछ ।
बेलायतमा नेपाली समुदायका युवाहरुमाझ फुटबल, क्रिकेट, भलिबलका विभिन्न प्रतियोगिताहरु बयस्कहरुबीच ब्याडमिन्टन, गल्फका खेलहरु हुने गरे पनि बास्केट बलको प्रतियोगिता भने भएका थिएनन् ।
नेपाल बास्केटबल युकेले आयोजना गरेको पहिलो सिजनको यस लिगको प्रायोजन ए स्टार फाइनान्सियल सोल्युसन्स युकेले गरेको छ भने मुस्ताङ मोटर्सको सहयोग रहेको छ । पहिलो सिजनमा ८ टीमले सहभागिता जनाएका छन् ।

एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा