तेस्रो ग्रीनवीच भलिबल अगष्ट २७ मा

लण्डन । ग्रीनवीच भलिबल परिवारले आयोजना गर्दै आएको ग्रीनवीच कप भलिबल प्रतियोगिता अगष्ट २७ मा हुने भएको छ ।

भेटेरान र खुला गरी दुई विधामा खेलाइने सो भलिबल प्रतियोगितामा भाग लिन चाहनेहरुले अगष्ट २६ भित्रमा दर्ता गरिसक्नु पर्ने आयोजकले जानकारी दिएका छन् । दर्ता शुल्क खुलातर्फ १७५ पाउण्ड र भेटेरानतर्फ १४० पाउण्ड तोकिएको छ ।

खेल २७ अगष्ट बिहान ९ बजेदेखि रोयल आर्टिलरी ब्यारेक,  रेस्पोजिटोरी रोड, उलवीचमा हुने बताइएको छ ।

प्रतियोगितामा खुला विधाका विजेता टीमलाई १५०० पाउण्ड नगद र उपविजेता टीमलाई १ हजार पाउण्ड नगद पुरस्कार राखिएको छ भने भेटेरानतर्फ विजेता टोलीले ९०० पाउण्ड नगद र उपविजेता टोलीले ५०० पाउण्ड नगद पुरस्कार पाउनेछन् ।

यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट स्पाइकर र म्यान अफ द म्याचको पुरस्कार पनि प्रदान गरिने परिवारका अध्यक्ष रविन्द्र रोकामगरले बताए ।   

परिवारले बेलायतमा अन्य भलिबल प्रतियोगिताहरुमा पनि सहभागी हुँदै पुरस्कार जित्दै आएको छ भने केही वर्षदेखि आफैँ प्रतियोगिता पनि आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री