कीभ । यूक्रेनका धनाढ्य मध्येका एक अन्न निर्यात गर्ने व्यापारीको रूसद्वारा गरिएको एक भीषण आक्रमणमा परी निधन भएको छ ।
सोमबार बिहान यूक्रेनबाट युद्ध सुरूभएपछि पहिलोपटक ठूलो मात्रामा मकै निर्यातका लागि तयारी भइरहेका समय त्यही क्षेत्रका व्यापारीमाथि आक्रमण भएको हो । मिकोलाइभ लक्षित रूसको आक्रमणका बाबजुद पनि यहाँबाट एउटा जहाजले ठूलो मात्रामा मकै लिएर ब्लाक सी हुँदै टर्की लेवनानतर्फ प्रस्थान गरेको छ ।
आइतबार राति दक्षिणी सहर मिकोलाइभस्थित उनीहरूको घरमा राति क्षेप्यास्त्र प्रहार हुँदा ७४ वर्षीय ओलेक्सी भाडातुर्सकी र उहाँकी श्रीमती राइसा मारिएको अधिकारीहरूले बताएका हुन् । अन्न निर्यात सम्बन्धी कम्पनी निबुलोनका मालिक भाडातुर्सकीले ‘हिरो अफ यूक्रेन’ को उपाधि समेत पाउनुभएको थियो । भाडातुर्सकीले व्यापार र कृषिमा ठूलो योगदान रहेको स्थानीय नेता तथा सवैसाधारणले बताएका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले भाडातुर्सकीको निधनबाट राष्ट्रलाई ठूलो क्षति भएको बताउनुभएको छ । मिकोलाइभका मेयर ओलेक्सन्दर सेन्केभिचले उक्त सहरमा अहिलेसम्मकै सबैभन्दा धेरै बमबारी भएको बताउनुभएको छ ।
मिकोलाइभ ओडेसाको मुख्य बाटोमा अवस्थित छ । ब्ल्याक सीमा यूक्रेनको सबैभन्दा ठूलो बन्दरगाह रहेको ओडेसामा गत फेब्रुअरीमा रूसले आक्रमण सुरु गरेयता बारम्बार बमबारी हुँदैआएको थियो ।
सावित्राको उपचारका लागि खर्च जुट्यो, रकम सङ्कलन रोक्न आग्रह
अमेरिकामा नयाँ कर लागू
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा