
न्यूयोर्क । प्रवासी नेपाली एकता मंच न्यूयोर्क र द गुरुङ (तमु) सोसाइटी अमेरिकाद्वारा न्युयोर्कको ज्याक्सन हाइटसमा अवस्थित सत्य नारायण मन्दिरमा गएको शनिवार रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रमबाट ५१ पिन्ट रगत संकलन भएको थियो । रगत दानबाट अन्य व्यक्तिको जीवन बचाउन सहयोग पुग्ने भएकोले रक्तदान आयोजना गरेको कार्यक्रम संयोजक एवं राज्य कमिटीको कोषाध्यक्ष उमा तामाङले जानकारी दिइन् ।
कार्यक्रममा प्रवासी नेपाली एकता मंचका अन्तर्राष्ट्रिय समन्वय किमिटीका सदस्यहरु राधाकृष्ण देउजा, सीता खरेल र यम लामा केन्द्रीय कमिटीका अध्यक्ष टेक गुरुङ, महासचिव शंकर पन्त, कोषाध्यक्ष युवराज खनाल केन्द्रीय सदस्य वनिता कतिलालगायत उपस्थित थिए ।
आयोजक संस्था प्रवासी नेपाली एकता मंच न्यूयोर्क च्याप्टरका अध्यक्ष सौमेन्द्र रन्जित र द गुरुङ (तमु) सोसाइटी अमेरिकाका अध्यक्ष तोरण गुरुङलगायत संस्थाका पदाधिकारीहरुले रक्तदान दिई सहभागीहरुको हौसला बढाएका थिए । त्यस्तै, जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट, आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष राजकुमार विष्ट, नेपाली समुदायका अगुवाहरु छेवाङ लामा, दिपेश लिम्बू, विश्वराज वाँस्तोला, भरत लामा , विष्णु रानामगर, कुलदीप रानामगर , डा सुक गुरुङ, डा रस कुमारी गुरुङ, शारदा गुरुङ, भक्त गुरुङ, चन्दा गुरुङ, विजय गुरुङ, देवकी पन्त लगायतले रक्तदान गरेका थिए ।
कार्यक्रममा सहभागी रक्तदाताहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
सावित्राको उपचारका लागि खर्च जुट्यो, रकम सङ्कलन रोक्न आग्रह
अमेरिकामा नयाँ कर लागू
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान