प्रवासी नेपाली एकता मंच न्यूयोर्क र द गुरुङ (तमु) सोसाइटी अमेरिकाद्वारा रक्तदान

न्यूयोर्क । प्रवासी नेपाली एकता मंच न्यूयोर्क र द गुरुङ (तमु) सोसाइटी अमेरिकाद्वारा न्युयोर्कको ज्याक्सन हाइटसमा अवस्थित सत्य नारायण मन्दिरमा गएको शनिवार रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रमबाट ५१ पिन्ट रगत संकलन भएको थियो । रगत दानबाट अन्य व्यक्तिको जीवन बचाउन सहयोग पुग्ने भएकोले रक्तदान आयोजना गरेको कार्यक्रम संयोजक एवं राज्य कमिटीको कोषाध्यक्ष उमा तामाङले जानकारी दिइन् ।

कार्यक्रममा प्रवासी नेपाली एकता मंचका अन्तर्राष्ट्रिय समन्वय किमिटीका सदस्यहरु राधाकृष्ण देउजा, सीता खरेल र यम लामा केन्द्रीय कमिटीका अध्यक्ष टेक गुरुङ, महासचिव शंकर पन्त, कोषाध्यक्ष युवराज खनाल केन्द्रीय सदस्य वनिता कतिलालगायत उपस्थित थिए ।

आयोजक संस्था प्रवासी नेपाली एकता मंच न्यूयोर्क च्याप्टरका अध्यक्ष सौमेन्द्र रन्जित र द गुरुङ (तमु) सोसाइटी अमेरिकाका अध्यक्ष तोरण गुरुङलगायत संस्थाका पदाधिकारीहरुले रक्तदान दिई सहभागीहरुको हौसला बढाएका थिए । त्यस्तै, जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट, आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष राजकुमार विष्ट, नेपाली समुदायका अगुवाहरु छेवाङ लामा, दिपेश लिम्बू, विश्वराज वाँस्तोला, भरत लामा , विष्णु रानामगर, कुलदीप रानामगर , डा सुक गुरुङ, डा रस कुमारी गुरुङ, शारदा गुरुङ, भक्त गुरुङ, चन्दा गुरुङ, विजय गुरुङ, देवकी पन्त लगायतले रक्तदान गरेका थिए ।

कार्यक्रममा सहभागी रक्तदाताहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री