
कोलम्बो । श्रीलङ्काका नवनियुक्त कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घेले देशव्यापी निषेधाज्ञा (कर्फ्यू) घोषणा गरेका छन् ।
बुधबार कार्यवाहक राष्ट्रपति नियुक्त भएका उनले पद सम्हाल्नेवित्तिकै देशव्यापी निषेधाज्ञा घोषणा गरेका हुन् । निषेधाज्ञा लागू भएसँगै श्रीलङ्कालीहरू रेलमार्ग, सडक, मनोरञ्जनस्थल, उद्यानलगायत सार्वजनिक स्थानमा हिँडडुल गर्न पाउने छैनन् ।
बुधबार पनि यहाँका नागरिकहरुले प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको कार्यालयमा घेराउ गरी उनको राजीनाको माग गरेका थिए । बुधबार नै सभामुखले प्रधानमन्त्री विक्रमासिङ्घेलाई कार्यबाहक राष्ट्रपतिमा नियुक्त गरिएको संसद्बाट जानकारी दिएका थिए ।
गत शनिबार राष्ट्रपतिको कार्यालय प्रदर्शनकारीले कब्जा गरेपछि सरकारी निर्णय तथा घोषणाहरू सभामुख र प्रधानमन्त्री कार्यालयबाट हुँदै आएका छन् ।
राष्ट्रसंघको चासो
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बिहीबार श्रीलंकामा प्रदर्शनकारीहरूको द्वन्द्व र गुनासोलाई सम्बोधन गर्न आवश्यक रहेको बताएका छन् ।
ट्वीट गर्दै संयुक्त राष्ट्रसंघका प्रमुखले श्रीलङ्काका सबै राजनीतिक दलका नेताहरूलाई शान्तिपूर्ण र लोकतान्त्रिक ढङ्गले जारी सङ्क्रमणकालीन अवस्थामा आवश्यक सम्झौता गर्न आग्रह गरेका छन् । “म श्रीलङ्काको अवस्थालाई नजिकबाट नियालिरहेको छु। घटनाका मूल कारणहरू महत्त्वपूर्ण छन् ” उनले लेखेका छन् ।
बुधबार ठूलो सङ्ख्यामा प्रदर्शनकारीहरू श्रीलङ्काका प्रधानमन्त्रीको निवासबाहिर जम्मा भएर उनको कार्यालय कब्जा गरेका थिए। कोलम्बोको सडकमा प्रदर्शनकारीहरूलाई हटाउन सुरक्षाकर्मीहरूले अश्रुग्यास समेत प्रहार गरेका थिए।
जारी राजनीतिक-आर्थिक अस्थिरताका बीच माल्दिभ्स भागेका विवादित राष्ट्रपति गोटाबाया राजापाक्षेले आज प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई अन्तरिम राष्ट्रपति नियुक्त गरेपछि घटनाक्रम थप नयाँ ढङ्गले अगाडि बढेको हो ।
श्रीलङ्काको रक्षा मन्त्रालयको पूर्ण स्वीकृतिपछि श्रीमती र दुई अङ्गरक्षकसहित बुधबार माल्दिभ्स भागेका गोटाबाया राजापाक्षे सिङ्गापुर जाने अपेक्षा गरिएको छ ।
राजापाक्षे र उनकी पत्नी इओमा राजपाक्षे र दुई सुरक्षा अधिकारीहरू आज राति मालेबाट सिङ्गापुर जाने अपेक्षा गरिएको थियो तर सुरक्षा समस्याका कारण विमानमा चढ्न नसकेको डेली मिररले स्रोतलाई उद्धृत गर्दै जनाएको छ।
यसैबीच, उनका लागि निजी विमानको व्यवस्था गर्न लागिएको पनि सञ्चार माध्यमले जनाएका छन्।
यस घटनालाई लिएर, बार एसोसिएसन अफ श्रीलङ्काले प्रदर्शनकारीहरूलाई ‘सरकारी कार्यालयहरू कब्जा गर्ने र क्षति पुर्यााउने कार्यलाई अनुपयुक्त भन्दै तत्काल प्रधानमन्त्रीको कार्यालय सम्बन्धित अधिकारीहरूलाई फिर्ता गर्न आग्रह गरेको छ। ।
यसैबीच, नवनियुक्त कार्यबाहाक राष्ट्रपति विक्रमासिङ्घेले बिहीबार देशभर निषेधाज्ञा जारी गरेका छन् ।
७३ वर्षीय गोटाबाया राजापाक्षे जुलाई ९ मा प्रदर्शनकारीको भीडले उनको निवासमा आक्रमण गरेपछि लुकेर बसेका थिए र उनले बुधबार राजीनामा पत्र बुझाउने घोषणा गरेका थिए।
देशले इन्धन र अन्य अत्यावश्यक वस्तुहरूको चरम अभावको सामना गरिरहेको छ । साथै बढ्दो मुद्रास्फीतिको कारण स्वतन्त्रताको लामो समयपछि सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको छ।
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध : परराष्ट्रमन्त्री खनाल
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
काठमाडौंमा छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ