
कोलम्बो । श्रीलङ्काका पूर्व राष्ट्रपति गोटाबाय राजापाक्ष माल्दिभ्सबाट सिङ्गापुर प्रस्थान गर्नु हुने भएको छ ।
बुधबार सबेरै बिहान श्रीलङ्काको राजधानी कोलम्बोबाट माल्दिभ्सको राजधानी माले जानुभएका राजापाक्ष मालेमा एक दिन पनि पूरा नबसी बुधबार राति सिङ्गापुर प्रस्थान गर्नु हुने भएको हो ।
आफ्नै देशभित्र असुरक्षा भएको भन्दै देश छाडेर भाग्न चाहनु भएका राजापाक्षलाई भाग्नका लागि श्रीलङ्काको सेनाले नै सहयोग गरेको छ । सेनाकै सहयोगमा सेनाको जहाजमा उहाँ बिहान सबेरै कोलम्बोबाट माले पुग्नु भएको हो ।
यसअघि उहाँकै अर्का भाइ तथा पूर्व अर्थमन्त्रीलाई भने भाग्न खोज्दा सेनाले अवरोध गरेर फर्काएको बताइएको छ ।
तत्कालीन राष्ट्रपति राजापाक्षलाई भने रक्षा मन्त्रालयको आदेश र स्विकृतिमा माल्दिभ्स लगिदिएको श्रीलङ्काको सेनाले जनाएको छ । सेनाले आफू खुशी लगेको नभई बहालवाला उच्च निकायका अधिकारीको आदेशमा काम गरेको स्पष्ट पारेको छ ।
राजापाक्षसँगै उहाँकी श्रीमती र दुई अङ्ग रक्षक समेत कोलम्बोबाट सेनाको जहाजमा माले पुगेका हुन् ।
उहाँहरु चारै जनालाई श्रीलङ्काको कातुनायके अन्तर्राष्ट्रिय विमानस्थलबाट माल्दिभ्सको भेलाना अन्तरराष्ट्रिय विमानस्थल माले लगिएको थियो ।
राजापाक्षले देश छाडेको खवरले थप आक्रोशित भएका प्रदर्शनकारीका हिंसा भड्किन नपाओस् भन्ने उद्देश्यले श्रीलङ्कामा अहिले आपतकालीन अवस्थाको घोषणा गरिएको छ ।
विक्रमसिङ्घे कार्यवाहक राष्ट्रपति
यसैबीच, श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमसिङ्घलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको यहाँको संसद्का सभामुखले बुधबार संसदलाई जानकारी गराउनुभएको छ ।
संविधानको धारा ३७ को १ अन्तर्गत राष्ट्रपति गोटाबाय राजापाक्षले प्रधानमन्त्री विक्रमासिङ्घेलाई नियुक्त गरेको जानकारी आफूलाई गराएको सभामुख महिन्दा यापा अवेयवार्देनाले बताउनुभएको छ ।
यसबारे राजपक्ष आफैँले कुनै सार्वजनिक घोषणा भने गर्नुभएको छैन । राष्ट्रपतिको कार्यालय प्रदर्शनकारीले कब्जा गरेपछि केही दिनदेखि सबै सरकारी निर्णय तथा घोषणाहरू सभामुख र प्रधानमन्त्री कार्यालयबाट हुँदै आएका छन् ।
तर श्रीलङ्काको विपक्षी दलका नेता सजिथ प्रेमादासले भने प्रधानमन्त्री विक्रमासिङ्घेले राष्ट्रपतिको अधिकार प्रयोग गर्न नपाउने दावी गर्नु भएको छ । प्रधानमन्त्रीले आपतकाल घोषणा गर्न नमिल्ने पनि उहाँको भनाई ।
प्रधानमन्त्रीलाई राष्ट्रपतिले कार्यवाहक राष्ट्रपति नियुक्त गरेमा मात्रै दीर्घकालीन असर नपर्ने गरी कामचलाउ काम मात्रै गर्न पाउने उहाँको तर्क छ ।
प्रधानमन्त्रीले पनि राष्ट्रपतिको अधिकार र जिम्मेबारी पाए झै काम गर्नु संविधानको दुरुपयोग भएको उहाँले दावी गर्नुभयो ।
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
भियतनाममा भीषण बाढी, ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ