
टोकियो । जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको मङ्गलबार अन्त्येष्टि गरिएको छ ।
जापानका लोकप्रिय नेता आबेको शुक्रबार चुनावी सभामा भाषण गरिरहेका बेला एक व्यक्तिले गोली प्रहार गरेपछि निधन भएको हो । गोली प्रहार गरेको व्यक्तिलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । ४१ वर्षका ती व्यक्तिले घरेलु बन्दुक प्रयोग गरेको पाइएको छ ।
टोकियो टावरमा रहेको जोजोजी मन्दीरमा उहाँको अन्त्येष्टि गरिएको हो । अन्त्येष्टिका क्रममा उहाँकी श्रीमती अकी, जापानका प्रधानमन्त्री फुमियो किशिदा, केही सांसदहरू र विदेशी प्रतिनिधि तथा व्यवसायीक अगुवालगायत सहभागी हुनुभएको थियो । सन् १९५४ मा जन्मिनु भएका आबेको ६७ वर्षको उमेरमा निधन भएको हो ।
देशको पश्चिमी क्षेत्रमा पर्ने नारा भन्ने सहरमा चुनावी मन्तव्य दिइरहेका बेला उहाँको हत्या भएको हो । लिवरल डेमोक्रेटिक पार्टीका शीर्ष नेता समेत रहनु भएका आबेले आफ्नो पार्टीलाई जिताउनका लागि चुनावी सभाहरूमा सम्बोधन गर्दै आउनु भएको थियो । आबेको निधन भएपनि पूर्व निर्धारित निर्वाचन भने गत आइतबार नै भएको छ ।
दुःखमा जनतालाई नजिकबाट साथ दिने नेताको छवि बनाउनु भएका आबले आफ्नो कार्यकाल बाँकी रहँदै राजीनामा दिनु भएको थियो । आफ्नो अस्वस्थताका कारण पर्याप्त काम गर्न नसकेको भन्दै उहाँले राजीनामा दिनु भएको थियो ।
उहाँ सन् १९९३ देखि निरन्तर नौ पटक सांसद हुनुभएको थियो । उहाँले पार्टीमा सामाजिक मामिला विभागको निर्देशक र महासचिवको जिम्मेवारी निर्वाह गर्नु भएको थियो भने सरकारी भूमिकामा मन्त्रिपरिषद्को उप प्रमुख सचिव र प्रमुख सचिव भएर काम गर्नु भएको थियो । मन्त्रिपरिषद्मा भने २००५ मा उहाँले पहिलो पटक सहभागी हुने मौका पाउनु भएको थियो ।
उहाँ पहिलो पटक सन् २००६ मा प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो । त्यति बेला उहाँ जापानकै सबैभन्दा कम उमेरका प्रधानमन्त्री बन्नु भएको थियो । अस्वस्थताका कारण त्यो कार्यकाल उहाँको २००७ सम्म मात्रै रह्यो । त्यतिबेला उहाँलाई आन्द्राको समस्या थियो । त्यसपछि निको भएर फेरि राजनीतिमा फर्किनु भएका उहाँले आफ्नो पार्टीलाई अत्यधिक मतका साथ विजयी गराएपछि सन् २०१२ देखि २०२० सम्म निरन्तर जापानको प्रधानमन्त्री बन्नु भयो ।
उहाँले पछिल्लो पटक पनि कार्यकाल बाँकी रहेकै बेला अस्वस्थताका कारण सन् २०२० को अगस्ट २४ मा प्रधानमन्त्री पदबाट स्वेच्छाले त्याग्नु भएको थियो । आबेले आफ्ना विश्वास पात्र तथा निकटतम सहयोगी योशिहिदे सुगालाई आफ्नो उत्तराधिकारी बनाउनु भएको थियो ।
सावित्राको उपचारका लागि खर्च जुट्यो, रकम सङ्कलन रोक्न आग्रह
अमेरिकामा नयाँ कर लागू
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान