
क्यानबेरा । अष्ट्रेलियामा शनिबार देशभरी संघीय निर्वाचनका लागि मतदान भइरहेको छ ।
स्थानीय समय अनुसार बिहान ८ बजेदेखि सुरु भएको मतदान बेलुका ६ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनमा गठबन्धन र लेबर पार्टीका बीचमा प्रतिस्पर्धा हुने देखिएको छ । आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्नका लागि दुवै पक्षले बहुमत ल्याउने कसरत गरेका छन् ।
उनीहरु मध्ये कुनै एउटा पक्षले मात्रै बहुमत ल्याउन सकेनन् भने त्रिशंकू संसद् बन्ने छ र त्यसको प्रभाव सरकार निर्माणमा पनि पर्नेछ । त्यस्तो अवस्थामा गठबन्धन वा लेबरले साना दलका सांसद र स्वतन्त्र सांसदहरूलाई आफ्नो पक्षमा तान्नु पर्छ ।
अष्ट्रेलियाको तल्लो संघीय संसद्मा बहुमत पुर्याउनका लागि कम्तीमा ७६ सिट जित्नु पर्दछ । अष्ट्रेलियाको तल्लो संघीय संसद्मा १५१ सिट रहेको छ ।
अष्ट्रेलियामा १८ वर्ष पुरा भएका हरेक नागरिकले अनिवार्य मतदान गर्नुपर्ने व्यवस्था छ । निर्वाचन आयोगका अनुसार यो बर्ष मतदाताको कुल सङ्ख्या एक करोड ७० लाखभन्दा बढी छ । तर मतदानका लागि योग्यता भएका ८० लाखभन्दा बढीले मतदान गर्ने अपेक्षा गरिएको छ । देशभरी सात हजारभन्दा बढी मतदान केन्द्रहरू तोकिएका छन् ।
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा