वेलिङटन । न्युजिल्याण्डका प्रधानमन्त्री जासिन्डा आर्डनलाई कोरोना भाइरस संक्रमण भएको छ ।
प्रधानमन्त्री आर्डनलाई कोरोनाको संक्रमण देखिएको शनिबार जनाइएको छ ।
शनिबार बिहान उहाँले सामाजिक सञ्जालमा पोष्ट गर्दै आफूलाई कोरोना भाइरस भएको बताउनुभएको हो । आफू परिवारका साथ घरमा रहेको र आजदेखि घरमै एकान्तवास बस्ने जानकारी पनि गराउनुभएको थियो । उहाँले सामाजिक सञ्जालमा आफूले कोरोना भाइरसका विरुद्धमा विभिन्न सतर्कता अपनाउँदा पनि भाइरस देखिएको बताउनुभएको हो ।
प्रधानमन्त्री जासिन्डा आर्डर्नका सहयोगी पनि संक्रमित भएकाले आफू र सहयोगीले घरबाटै कार्यालयको काम गर्नेगरी व्यवस्था मिलाएको पनि उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।हाल न्युजिल्याण्डमा दैनिक ७ हजारभन्दा बढी नागरिकमा कारोना भाइरसको संक्रमण हुने गरेको बताइएको छ ।
ठगीबाट सचेत रहन नेपाली दूतावास लन्डनको आग्रह
बेलायतको बोर्नमथमा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची