
इस्लामावाद । पाकिस्तानको २३ औँ प्रधानमन्त्रीका रुपमा शेहबाज शरिफ निर्वाचित हुनुभएको छ ।
पाकिस्तानको संसद्मा सोमबार भएको मतदानबाट पाकिस्तान मुस्लीम लिग (नवाज)का नेता शरिफ प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको घोषणा गरिएको छ ।
विश्वासको मत प्राप्त गर्न नसकेपछि निवर्तमान प्रधानमन्त्री इमरान खान जिम्मेवारीमुक्त भएकाले नयाँ प्रधानमन्त्री चयनका लागि सोमबार मतदान भएको थियो ।
पाकिस्तानको राष्ट्रिय सभामा रहेका खानको पार्टीका सांसदहरू मतदानमा सहभागी नभएपछि शरिफलाई निर्वाचित हुन सजिलो भएको हो ।
संसद्का ३४२ सदस्य मध्ये १७४ जनाले शरिफको पक्षमा मतदान गरेको कार्यवाहक सभामुख सर्दार अयाज सादिकले जानकारी दिनुभयो ।
विपक्षी दलको नेतृत्व गर्दै आउनु भएका ७० बर्षिय शरिफ तीन पटक पाकिस्तानको प्रधानमन्त्री बन्नु भएका नवाज शरिफका भाइ हुनुहुन्छ । लाहोरमा जन्मिनु भएका शरिफ यसअघि पञ्जाबको मुख्यमन्त्री बन्नु भएको थियो । उहाँले पाकिस्तान पिपुल्स पार्टी, जमैत उलेमा ए इस्लाम एफलगायतलाई समेटेर नयाँ सरकार बनाउनु हुने भएको छ ।
विश्व चर्चित क्रिकेट खेलाडी खानको नेतृत्वमा सरकार बन्द संसार भरी नै सकारात्मक सन्देश गएपनि कार्यकाल भने ठोस उपलब्धि विना सकिएको छ । सुरुमा निकै लोकप्रिय निर्णय गर्नु भएका खानले दलीय व्यवस्थापन र प्रभावकारी राज्य सञ्चालन गर्न नसक्दा सांसदको कार्यकाल बाँकी रहँदा नै प्रधानमन्त्रीको जिम्मेवारीबाट बाहिरिनु परेको छ ।
१५५ सांसदद्वारा राजीनामा
यसैबीच, पाकिस्तानका १५५ सांसदले सोमबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।
निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टी – पाकिस्तान तेहरिक ए इन्साफ पार्टीका सांसदहरुले राजीनामा दिएका हुन ।
नयाँ प्रधानमन्त्री चयनका लागि संसद्मा मतदान हुनु अगाडि उनीहरूले राजीनामा घोषणा गरेर संसद् बैठक नै बहिष्कार गरेका छन् ।
जनताको भावना विपरित विदेशीहरूको इसारामा आफूलाई हटाइएको भन्दै खानले आफूहरू अव संसद्मा बस्न नसक्ने बताउनु भएको हो ।
विदेशीको इसारामा चल्ने राष्ट्रघाती संसद्हरू र राष्ट्रवादी आफ्नो पार्टीका संसद्हरू संसद्मा सँगै बस्न नसक्ने भएकाले राजीनामा दिनु परेको उहाँको भनाई छ ।
उहाँले अव जनताको बीचमा गएर निर्वाचनबाट फेरि निर्वाचित भएर आउने अठोट पनि गर्नु भएको छ ।
आफूले विघटन गरेको संसद्लाई अदालतले ल्याइदिएपछि थप नैतिक सङ्कटमा पर्नु भएका नेता खानले विघटन गरेको संसद्मा फर्किनु उपयुक्त नहुने ठानेर राजीनामा दिएको बताइएको छ ।
उहाँको पार्टीका सबै सांसदहरुले राजीनामा दिएपछि बहुमतका साथ विपक्षी दलका नेता शेहबाज शरिफ पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ ।
उहाँले नयाँ मन्त्रिमण्डल बनाएर सरकारलाई प्रभावकारी तरिकाले सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
पाकिस्तानको नयाँ सरकारलाई राजनीतिक सङ्कटसँगै आर्थिक सङ्कट पनि सामना गर्नुपर्ने अवस्था रहेको छ ।
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने