काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपालीले प्राप्त गरेको ज्ञान, सीप र पूँजीलाई मुलुकको हितका लागि उपयोग गर्न आग्रह गर्नुभएको छ ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएन)को १०औँ विश्व सम्मेलनलाई आज सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालको कला, संस्कृति र पहिचानलाई विश्वसामु चिनाउन गैरआवासीय नेपालीले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, “तपाईहरुले गैरआवासीय नेपालीले प्राप्त गरेको ज्ञान, सीप र पूँजीलाई मुलुकको हितका लागि उपयोग गर्दै मुलुकको पर्यटकीय प्रचारप्रसार गर्नुहुनेछ भन्ने विश्वास लिएको छु, मातृभूमिको पहिचानलाई विश्वभर फैलाउन र नेपालको समृद्धिका लागि खेलेको भूमिकाको म प्रशंसा गर्दछु ।”
राष्ट्रपति भण्डारीले कोभिड–१९ को महामारी, विनाशकारी भूकम्प जस्ता विपद् र अप्ठ्यारोमा परेका नेपालीलाई सहयोग गरेर एनआरएनएले आफ्नो भूमिका बढाएको र यो क्रमलाई अझ निरन्तरता पाउनुपर्नेमा जोड दिनुभयो ।
गृहमन्त्री बालकृष्ण खाँणले गैरआवासीय नेपालीले स्वदेशमा रोजगारी सिर्जना, लगानी वृद्धि र मानवीय सहयोगमा सकारात्मक भूमिका खेलेको बताउनुभयो । उहाँले नेपाल सरकार सदैव एनआरएनको साथ र समर्थनमा रहने विश्वास पनि व्यक्त गर्नुभयो ।
सङ्घका पूर्वअध्यक्ष भवन भट्टले महावीर पुनद्वारा स्थापित राष्ट्रिय आविष्कार केन्द्रलाई रु एक करोड राशीको ‘भवन प्राइज’ पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको थियो ।
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम तयारी तीव्र
अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
प्रधानमन्त्रीको अभिव्यक्ति ‘सीमा वारपारको जग्गा भोगाधिकार’सँग सम्बन्धित छ: परराष्ट्र मन्त्रालय
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ