लण्डन । युक्रेन र रुसबीचको भिडन्तमा बेलायती राजपरिवारले पनि युक्रेनलाई समर्थन गरेको छ ।
बेलायती राजकुमार विलियम र उहाँकी पत्नी केटले शनिबार युक्रेनलाई समर्थनको सन्देश पठाउनु भएको हो ।
“बेलायती बरिष्ठ सदस्यहरू र आफूहरूको तर्फबाट युक्रेनका जनताप्रति समर्थन छ,” उहाँहरूले पठाएको सन्देशमा उल्लेख गरिएको छ ।
राजकुमार दम्पतीले सन् २०२० को अक्टोबरमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र उहाँकी श्रीमतीलाई भेटेको स्मरण पनि गर्नु भएको छ ।
उहाँहरूले अहिलेको समस्या तत्काल समाधान भएर युक्रेनको भविष्य राम्रो हुने विश्वास पनि व्यक्त गर्नु भएको छ ।
“हामी तपाईहरूको साथमा छौँ, तपाईहरूलाई हामी सहयोग र समर्थन गर्न चाहन्छौँ, युक्रेनी जनताको जित होस्,” उहाँहरूले सन्देशमा उल्लेख गर्नु भएको छ ।
‘द ब्लू लाइट’ केवल हेर्ने फिल्म मात्र होइन, यो अनुभूत गर्ने सिनेमा हो : निर्देशक बलिराम चौहान [अन्तर्वार्ता]
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
महिला टी–२० विश्वकप ग्लोबल छनोटः नेपाल स्कटल्यान्डसँग पराजित
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन