लण्डन । बेलायतमा नेपालीहरुको बाक्लो बसोबास भएको क्षेत्र ह्याम्पसायर, डोरसेट र सरे क्षेत्रमा एटीम मेसिन फुटाउने, गहना चोरी गर्ने समूहका पाँच जनाको समूहलाई अदालतले ५० वर्षको जेल सुनाएको छ ।
विन्चेस्टर क्राउन कोर्टले सो समूहका नाइके डेभिड प्याट्रिक हफलाई १७ वर्ष जेल सजायँ सुनाएको छ । समूहका क्यामरुन चिभर्सलाई आठ वर्ष चार महिना, कोलिन गोल्डिङलाई नौ वर्ष, आडम जोन्सलाई साढे १३ वर्ष, जेसे म्याथ्यूलाई छ वर्ष आठ महिना जेल तोकिएको छ ।
उनीहरुले एटीएम मेसिन विस्फोट गराइ पैसा लुट्ने गरेका थिए भने घरघरमा डकैती गरी कार, पैसा, गरगहना, मोटरसाइकल, साइकल, कुकुरसमेत चोरी गरेका थिए ।
उनीहरुले विष्फोटकको प्रयोग गरी १४ वटा एटीएम मेसिन फुटाएका थिए । जसमध्ये तीन वटाबाट पैसा लुट्न सफल भएका थिए भने २ लाख ५५ हजार ९२८ पाउण्ड बराबरको भौतिक क्षति पुर्याएका थिए । उनीहरुले एटीएम मेसिन फुटाइ ग्याँस भर्ने र आगो लगाई विष्फोट गराउने गरेको प्रहरीले जनाएको छ । कतिपय एटीएम फुटाउन उनीहरुले कारले हान्ने पनि गरेका थिए ।
उनीहरुलाई पक्रन ह्याम्पसायर प्रहरीले १५० जना प्रहरी परिचालन गर्नु परेको थियो ।
उनीहरुले बर्कसायर, साउदह्याम्पटन, फरेनहम, सरे, इस्टली, बोर्नमाउथमा सन् २०१९ र २०२० मा १४ वटा एटीएम मेसिन फुटाएका थिए भने घर डकैती गरी कार, कारको नम्बर प्लेट, गरगहना, मोटरसाइकल, साइकल, कुकुर, उपकरणहरु जे पायो त्यही चोरी गर्ने गरेका थिए ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल