लण्डन । बेलायतमा नेपालीहरुको बाक्लो बसोबास भएको क्षेत्र ह्याम्पसायर, डोरसेट र सरे क्षेत्रमा एटीम मेसिन फुटाउने, गहना चोरी गर्ने समूहका पाँच जनाको समूहलाई अदालतले ५० वर्षको जेल सुनाएको छ ।
विन्चेस्टर क्राउन कोर्टले सो समूहका नाइके डेभिड प्याट्रिक हफलाई १७ वर्ष जेल सजायँ सुनाएको छ । समूहका क्यामरुन चिभर्सलाई आठ वर्ष चार महिना, कोलिन गोल्डिङलाई नौ वर्ष, आडम जोन्सलाई साढे १३ वर्ष, जेसे म्याथ्यूलाई छ वर्ष आठ महिना जेल तोकिएको छ ।
उनीहरुले एटीएम मेसिन विस्फोट गराइ पैसा लुट्ने गरेका थिए भने घरघरमा डकैती गरी कार, पैसा, गरगहना, मोटरसाइकल, साइकल, कुकुरसमेत चोरी गरेका थिए ।
उनीहरुले विष्फोटकको प्रयोग गरी १४ वटा एटीएम मेसिन फुटाएका थिए । जसमध्ये तीन वटाबाट पैसा लुट्न सफल भएका थिए भने २ लाख ५५ हजार ९२८ पाउण्ड बराबरको भौतिक क्षति पुर्याएका थिए । उनीहरुले एटीएम मेसिन फुटाइ ग्याँस भर्ने र आगो लगाई विष्फोट गराउने गरेको प्रहरीले जनाएको छ । कतिपय एटीएम फुटाउन उनीहरुले कारले हान्ने पनि गरेका थिए ।
उनीहरुलाई पक्रन ह्याम्पसायर प्रहरीले १५० जना प्रहरी परिचालन गर्नु परेको थियो ।
उनीहरुले बर्कसायर, साउदह्याम्पटन, फरेनहम, सरे, इस्टली, बोर्नमाउथमा सन् २०१९ र २०२० मा १४ वटा एटीएम मेसिन फुटाएका थिए भने घर डकैती गरी कार, कारको नम्बर प्लेट, गरगहना, मोटरसाइकल, साइकल, कुकुर, उपकरणहरु जे पायो त्यही चोरी गर्ने गरेका थिए ।
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
नेपाली कांग्रेस (देउवा पक्ष) निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने
गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगले दियो आधिकारिकता
यसरी मनायो थारु कल्याणकारी सभा यूकेले माघी पर्व
गिनिज वर्ल्ड रेकर्ड धारक सुनारलाई अमेरिकामा खेल विज्ञानमा मानार्थ विद्यावारिधि
चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
झापाली समाज यूकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा टंक भट्टराई
सरल छविका थिए प्रशान्त तामाङ
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस