बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबारदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेशन फ्लाईट) सुरु भएको छ ।
बिहीबार बेलुकी आएको एरो थाईको विमानबाट यान्त्रिक परीक्षण उडान थालिएको हो । शुक्रबार मध्यान्ह १२ बजे र अपरान्ह ५ बजे यान्त्रिक परीक्षण उडान गरिएको थियो । यो उडान हरेक दिन दुई सिफ्ट सञ्चालन गरिने विमानस्थलका महाप्रवन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।
उडानका बेला बिहान १० बजेदेखि ५ बजेसम्म अन्य नियमित उडान भने बन्द गरिएको छ । महाप्रबन्धक दाहालका अनुसार अब प्रत्येक दिन १५ फागुनसम्म क्यालिब्रेशन फ्लाईट हुनेछ । ‘क्यालिब्रेशन फ्लाईटका बेला अन्य नियमित उडानहरु बन्द हुनेछन्,’ उनले भने ।
ग्राउण्ड, टावर, सञ्चार र भवनमा जडान गरिएका उपकरणले काम गरे/नगरेको जाँच गर्न यान्त्रिक परीक्षण उडान सुरु गरिएको दाहालले बताए ।
विमानस्थलको भौतिक निर्माण तथा उपकरण जडानसम्बन्धी कार्य सम्पन्न भइसकेको छ । अब एनएभी, एआइडिएस लगायत विभिन्न प्रविधि जडानको काम हुने उल्लेख गरिएको छ । क्यालिब्रेशन फ्लाईट भइसकेपछि नेपाल वायुसेवा निगमको विमानबाट परीक्षण उडान गरिनेछ । परीक्षण उडानपछि व्यावसायिक उडानको तयारी गरिनेछ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा रहेको यो विमानस्थलको लम्बाइ तीन हजार मिटर र चौडाइ ६० मिटर छ । एडीबीको सहयोगमा निर्माण गरिएको यो विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछिको नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो । यो नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना हो ।
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल