लण्डन । नेपालका लागि बेलायतका पूर्व राजदुत रिचर्ड मोरिसको मृत शरीर सन् २०२० को अगष्ट ३१ मा दक्षिण पश्चिमी बेलायतको जंगलमा फेला पर्यो । बेलायतको कानुनअनुसार उनको मृत्यु कसरी भएको थियो भन्ने बारेमा अदालतमा ढिलो गरी इन्क्वेष्ट (मृत्यु सम्बन्धी सोधपुछ) शुरु भएको छ ।
कोभिड महामारीका कारण करिब डेढ वर्षपछि विन्चेष्टर अदालतमा भएको सुनुवाईमा उनकी श्रीमती एलिस मोरिसले सोङ्गबार मृत्यु अघि मोरिस असाध्यै कामको तनावमा रहेको बताएकी छिन् ।
नेपालबाट बेलायत फर्केपछि उनलाई एक अमेरिकी कुटनीतिज्ञको कारद्वारा मारिएका बेलायती किशोर ह्यारी डनको मुद्दाको जिम्मा दिइएको थियो । सो मुद्दामा मिडियाको अत्यन्तै चासो थियो साथै परिवारमा पीडा पनि।
कोभिड महामारी शुरु भएपछि उनले कोभिड टास्कफोर्सको जिम्मा पाएका थिए । जसलाई उनकी श्रीमती एलिसले मोरिसले पाएको ‘जीवनभरकै तनावपूर्ण कार्य’ भनेकी छिन्। किनभने अत्यन्तै कम समयमा मन्त्रीहरुलाई रिपोर्ट गरिरहनुपर्दथ्यो । लामो समय काम गर्नु त छँदै थियो ।
मोरिस आफूले पाएका सूचनाहरुलाई प्रमाणित गर्न पर्याप्त समय नहुने र केही गल्ती भइहालेमा प्रेसले सरकारमाथि नै प्रहार गर्नसक्ने प्रति त्रसित भएको पनि एलिसले कोरोनरलाई बताइन् । कामका कारण उनीसित विरलै समय मिल्ने गरेको पनि एलिसले बताइन् ।
मोरिस सधैँ मिडियाबाट टाढै बस्न रुचाउने र मिडियाले पुर्याउन सक्ने क्षतिका बारेमा सदैव त्रसित रहने गरेको पनि एलिसले बताइन् ।
मोरिस सन् २०२० को मे ६ तारिखदेखि सम्पर्कविहीन भएका थिए ।
उनको मृत्युको कारण सम्बन्धी सुनुवाई जारी छ ।
उनको मृत्युको खास कारण पत्ता लगाउन सुनुवाईको अन्तिमसम्म पर्खन पर्नेभएको छ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा