लण्डन । नेपालका लागि बेलायतका पूर्व राजदुत रिचर्ड मोरिसको मृत शरीर सन् २०२० को अगष्ट ३१ मा दक्षिण पश्चिमी बेलायतको जंगलमा फेला पर्यो । बेलायतको कानुनअनुसार उनको मृत्यु कसरी भएको थियो भन्ने बारेमा अदालतमा ढिलो गरी इन्क्वेष्ट (मृत्यु सम्बन्धी सोधपुछ) शुरु भएको छ ।
कोभिड महामारीका कारण करिब डेढ वर्षपछि विन्चेष्टर अदालतमा भएको सुनुवाईमा उनकी श्रीमती एलिस मोरिसले सोङ्गबार मृत्यु अघि मोरिस असाध्यै कामको तनावमा रहेको बताएकी छिन् ।
नेपालबाट बेलायत फर्केपछि उनलाई एक अमेरिकी कुटनीतिज्ञको कारद्वारा मारिएका बेलायती किशोर ह्यारी डनको मुद्दाको जिम्मा दिइएको थियो । सो मुद्दामा मिडियाको अत्यन्तै चासो थियो साथै परिवारमा पीडा पनि।
कोभिड महामारी शुरु भएपछि उनले कोभिड टास्कफोर्सको जिम्मा पाएका थिए । जसलाई उनकी श्रीमती एलिसले मोरिसले पाएको ‘जीवनभरकै तनावपूर्ण कार्य’ भनेकी छिन्। किनभने अत्यन्तै कम समयमा मन्त्रीहरुलाई रिपोर्ट गरिरहनुपर्दथ्यो । लामो समय काम गर्नु त छँदै थियो ।
मोरिस आफूले पाएका सूचनाहरुलाई प्रमाणित गर्न पर्याप्त समय नहुने र केही गल्ती भइहालेमा प्रेसले सरकारमाथि नै प्रहार गर्नसक्ने प्रति त्रसित भएको पनि एलिसले कोरोनरलाई बताइन् । कामका कारण उनीसित विरलै समय मिल्ने गरेको पनि एलिसले बताइन् ।
मोरिस सधैँ मिडियाबाट टाढै बस्न रुचाउने र मिडियाले पुर्याउन सक्ने क्षतिका बारेमा सदैव त्रसित रहने गरेको पनि एलिसले बताइन् ।
मोरिस सन् २०२० को मे ६ तारिखदेखि सम्पर्कविहीन भएका थिए ।
उनको मृत्युको कारण सम्बन्धी सुनुवाई जारी छ ।
उनको मृत्युको खास कारण पत्ता लगाउन सुनुवाईको अन्तिमसम्म पर्खन पर्नेभएको छ।
नेपालमा मन्त्रिपरिषद् विस्तार : सुधन गुरुङ गृह र महावीर पुन नवप्रवर्तनमन्त्रीमा नियुक्त
नेपाली कांग्रेसलगायतले अवरोध गर्दा प्रतिनिधिसभा बैठक स्थगित
साहित्यकार हितानद्वारा आमाको स्मृतिमा ‘पर्या-साहित्य पुरस्कार’ घोषणा
बेलायतमा १३औँ ‘गोर्खा वाक सम्पन्न, रोबर्ट लाटाला र मन्दा गुरुङ प्रथम
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
विदेशी विद्यार्थी भिसामा बेलायतको कडा नियम : बीचमै विद्यार्थीले पढाइ छाडे विश्वविद्यालयले भर्ना गर्न नपाउने
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?