भैरहवा । रुपन्देहीको भैरहवामा निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि तयारी अवस्थामा छ । भौतिक निर्माणको काम सम्पन्न भई क्यालिब्रेसनका लागि काम भइरहेको विमानसथलमा मुख्य काम गर्न एरोथाईका दक्ष जनशक्ति विमानस्थलमा आएका छन् ।
बुधबार सडक मार्ग हुँदै काठमाडौँबाट भैरहवा आएका प्राविधिकहरूले काम सुरु गरेका छन् । उनीहरू क्यालिब्रेसन फलाइट गरेर मात्र स्वदेश फर्कने छन् । सञ्चालनको पर्खाइमा रहेको विमानस्थल दुई चरणमा आईसीबी १ र आईसीबी २ को काम सम्पन्न गरेकोे छ ।
तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले १ माघ २०७१ मा सिलान्यास गरेको राष्ट्रिय गौरवकोे आयोजना अबको एक महिनामा क्यालिब्रेशन उडान गरी परीक्षण उडानको लागि तयार हुने आयोजनाले जानकारी दिएको छ । प्राविधिक टोली आएसँगै क्यालिब्रेशन उडान अबको दुई तीन सातामै हुने विमानस्थलको दाबी छ ।
टोलीले नै प्रविधिक काम एक महिनामा सक्ने गरी काम गरेर मात्रै फर्कने र प्रशासनिक तर्फको काम पनि माघमै सकिने आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिएका छन् ।
एरो थाई कम्पनीका प्रविधिकहरू आइपुगेका छन् । अष्ट्रियाको प्रविधिकले नागरिक उड्डयनका १० जनालाई रोडियोसम्बन्धी तालिम दिइरहेका छन् । विमानस्थलमा हाल दर्जनभन्दा बढी चिनियाँ टोली र अन्य पाँच जना विदेशी दक्ष कामदारले क्यालिब्रेशनको पूर्वातयारी सम्बन्धी काम गरिरहेका छन् । ‘सबै काम पूरा भइसकेको छ । हाम्रो जोड नै क्यालिब्रेशन गरेर परीक्षण उडान गर्नेमा छ,’ आयोजना प्रमुख अधिकारीले भने ।
विमानस्थलको ग्राउन्ड र जहाजबीचको सूचना आदानप्रदानका लागि चहिने सबै दक्ष प्रविधिक जनशक्ति आएकाले अबको केही दिनमा नै क्यालिब्रेशन फ्लाइटको मिति तय हुन्छ । तीन वर्षभित्र सम्पन्न गर्ने गरी चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसनले ६ अर्ब ८२ करोड लागतमा विमानस्थल निर्माण गरेको हो ।
विमानस्थल भौतिक रुपमा सञ्चालन योग्य भएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका लागि १२औँ तहको अधिकृत महाप्रबन्धकको रुपमा पठाएको छ । २ माघबाट प्राधिकरणले गोविन्दप्रसाद दाहाललाई व्यवस्थापनको जिम्मा दिएको छ ।
महाप्रबन्धक दहालले वमानस्थल सञ्चालनका लागि तयारी अवस्थामा रहेको बताए । निर्माणाधिन विमानस्थल सञ्चालनका लागि प्रशासकीय तर्फ १५१ जना र सेवा प्रदायक तर्फ १०३ जना जनशक्ति आवश्यक हुन्छ ।
‘हाल ३४ प्रशासकीय तर्फ छौँ तत्काल नै संचालनमा आए र चाप बढ्दै गयो भने जनशक्ति पनि विस्तारै बढाउदै जानुपर्छ । मेट्रोलोजी तर्फ १५–१६ जना कर्मचारी आएर काम गरिरहेका छन्, सुरक्षातर्फ पनि करिब ३०० जना आवश्यक हुन्छ । त्यस्तै भन्सार, अध्यागमन, क्वारेन्टाइन, टेलिकम, राजश्व लगायतका लागि पनि ठाउँ छुट्याइएको छ । जनशक्ति व्यवस्थापनसँगै पूर्वाधार र फर्निसिङको काम भइरहेको छ,’ महाप्रबन्धक दहालले भने ।
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने