काठमाडौँ । नेपाल सुशासन पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ ।
देशमा सुशासन कायम तथा भ्रष्टाचार र बेथिति अन्त्य गर्ने मूल लक्ष्य राखी एक महिनाअघि गठनको घोषणा गरेको उक्त पार्टीका अध्यक्ष रमेशप्रसाद खरेल हुनुहुन्छ ।
राजनीतिलाई पेशा बनाइनु हुन्न भन्नेमा दृढ मत राख्दै आएको सो पार्टीले अध्यक्ष खरेलको नेतृत्वमा ४७ सदस्यीय केन्द्रीय कार्यसमिति बनाएको छ । पार्टीको उपाध्यक्षमा राजकुमार यादव, चन्द्रवीर नेम्वाङ, गोविन्दप्रसाद रिजाल, शङ्करलाल श्रेष्ठ र टुलराज बस्याल रहनुभएको छ भने महासचिवको जिम्मेवारी गोविन्द गिरीले पाउनुभएको छ ।
केन्द्रीय कार्यसमितिको सचिवमा यज्ञप्रसाद बस्याल, राजन चौलागाईं विनयकुमार झा, अरुण शर्मा र पुष्पा खरेल भट्ट तथा कोषाध्यक्षमा भक्तबहादुर केसी र सहकोषाध्यक्षमा मीनकुमार श्रेष्ठ रहनुभएको छ ।
पार्टीले छिट्टै घोषणासभामार्फत सिद्धान्त, विचार र उद्देश्य जनतामाझ राख्ने उद्घोषसमेत गरेको छ । नवगठित पार्टीले सन्तुलित सद्भाव र विभेदरहित समाज निर्माणमा जोड दिँदै विधिको शासन, नेपाली जनतामा निहित सार्वभौमसत्ताको जगेर्ना, जैविक विविधतायुक्त भूगोलमा नेपालवादको सिद्धान्तलाई अवलम्बन गर्ने जनाएको छ ।
मुुलुकमा उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गरी देशको सर्वाङ्गीण विकास र शान्तिसुरक्षालाई विशेष प्राथमिकता दिने सो पार्टीले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
टि डब्लू वारियरले जित्यो १७औँ यलम्बरहाङ कपको उपाधि
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा