लण्डन । लण्डनको महानगरीय प्रहरीले बेलायती सांसद सर डेभिड एमिसको ज्यानै लिने गरी शुक्रबार भएको छुरा प्रहारको घटनालाई आतंकवादसँग जोडिएको घटना बताएको छ ।
बीबीसीका अनुसार सो घटना इस्लामिक अतिवादीसित जोडिएको सम्भावित सूचना पाइएको बताएको छ ।
प्रहरीले घटनामा संलग्न २५ वर्षीय ब्रिटिश युवालाई पक्राउ गरेको छ । स्काइन्यूजका अनुसार उनी सोमालियन पृष्ठभूमिका हुन् । उनलाई एसेक्स प्रहरी कार्यालयमा राखिएको छ ।
प्रहरीले घटनासँग जोडिएको हुनसक्ने आशंकामा लण्डनका दुई घर पनि खानतलासी गरेका छन् ।
करिब ४० वर्षदेखि बेलायती संसदमा प्रतिनिधित्व गर्दै आएका सर डेभिड एमिसको शुक्रबार आफ्नै निर्वाचन क्षेत्रमा हत्या भएको थियो । आफ्ना निर्वाचन क्षेत्रका जनतासित भेटघाट गर्दै गरेको बखतमा उनको हत्या भएको हो ।
६९ वर्षीय सर डेभिड जनावरको अधिकारका पक्षधर पनि थिए । उनीप्रति बेलायतका राजकुमार विलियम्स लगायत प्रधानमन्त्री बोरिस जोन्सन,विपक्षी दलका नेता सर कियर स्ट्यामर, सभामुख सर लिण्डसे होयललगायतले श्रद्धान्जलि प्रकट गरेका छन् ।
सर डेभिडका श्रीमती र पाँच छोराछोरी छन् ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार