लण्डन । लण्डनको महानगरीय प्रहरीले बेलायती सांसद सर डेभिड एमिसको ज्यानै लिने गरी शुक्रबार भएको छुरा प्रहारको घटनालाई आतंकवादसँग जोडिएको घटना बताएको छ ।
बीबीसीका अनुसार सो घटना इस्लामिक अतिवादीसित जोडिएको सम्भावित सूचना पाइएको बताएको छ ।
प्रहरीले घटनामा संलग्न २५ वर्षीय ब्रिटिश युवालाई पक्राउ गरेको छ । स्काइन्यूजका अनुसार उनी सोमालियन पृष्ठभूमिका हुन् । उनलाई एसेक्स प्रहरी कार्यालयमा राखिएको छ ।
प्रहरीले घटनासँग जोडिएको हुनसक्ने आशंकामा लण्डनका दुई घर पनि खानतलासी गरेका छन् ।
करिब ४० वर्षदेखि बेलायती संसदमा प्रतिनिधित्व गर्दै आएका सर डेभिड एमिसको शुक्रबार आफ्नै निर्वाचन क्षेत्रमा हत्या भएको थियो । आफ्ना निर्वाचन क्षेत्रका जनतासित भेटघाट गर्दै गरेको बखतमा उनको हत्या भएको हो ।
६९ वर्षीय सर डेभिड जनावरको अधिकारका पक्षधर पनि थिए । उनीप्रति बेलायतका राजकुमार विलियम्स लगायत प्रधानमन्त्री बोरिस जोन्सन,विपक्षी दलका नेता सर कियर स्ट्यामर, सभामुख सर लिण्डसे होयललगायतले श्रद्धान्जलि प्रकट गरेका छन् ।
सर डेभिडका श्रीमती र पाँच छोराछोरी छन् ।
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन