लण्डन । बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मी अक्टोवर २४ मा नेपाल फर्कने भएका छन् ।
बेलायतका लागि नेपाली राजदुतका रुपमा चार वर्षका लागि नियुक्त भएको भए पनि नेपाल सरकारको २१ सेप्टेम्बरमा बसेको मन्त्री परिषद्को बैठकले पूर्ववर्ती सरकारका पालामा राजनीतिक नियुक्ति पाएका सबै राजदुतहरुलाई फिर्ता गर्ने निर्णय गरेपछि रेग्मी नेपाल फर्कन लागेका हुन् ।
स्याङजा समाज युकेले शनिबार अल्डरसटमा आयोजना गरेको दशैँतिहार कार्यक्रममा सरिक हुँदै राजदुत रेग्मीले अक्टोर २४ मा नेपाल फर्कन लागेको बताएका हुन् ।
गृह र अर्थ मन्त्रालय जस्ता महत्वपूर्ण मन्त्रालयका सचिव सम्हालिसकेका रेग्मी राजदुत नियुक्त हुनुपूर्व नेपाल सरकारका मुख्यसचिव थिए । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले २०७७ माघ ५ गते बेलायतका लागि नेपाली राजदुतका रुपमा नियुक्त गरेकी थिइन् । रेग्मी बेलायतका लागि नेपालका एक्काइसाैँ राजदुत हुन् ।
रेग्मी गत मार्च १ तारिखमा बेलायत आई पदबहाली गरेका थिए । सरकारका निर्णयका कारण एक वर्षभन्दा पनि कम समयमा नै उनी नेपाल फर्कन लागेका छन् । छोटो कार्यकालमा उनले गोरखा भूतपूर्व सैनिकका समस्याका बारेमा दुई सरकारबीच वार्ता गराउने पहलकदमी लिएका थिए । जसका कारण यही डिसेम्बरमा वार्ताको मिति तय भएको छ ।
रेग्मीको फिर्तीपछि लण्डनस्थित नेपालको सबैभन्दा पुरानो राजदुताबास राजदुतविहीन हुने भएको छ । राजदुत नियुक्ति सम्बन्धी प्रावधानका कारण नयाँ राजदुतको नियुक्ति बेलायत आइपुग्न भने अब केही महिना पर्खनुपर्ने छ ।
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन