भिसी रामबहादुर लिम्बुलाई पुत्रशोक

लण्डन । बेलायतको अति प्रतिष्ठित सैन्य सम्मान भिक्टोरिया क्रस पाएका एक मात्र जीवित गोरखा रामबहादुर बेघा लिम्बुलाई पुत्र शोक परेको छ ।
उनका जेठा छोरा क्याप्टेन भक्तबहादुर बेघा लिम्बुको हिजो बेलायतको बेजिङस्टकस्थित निवासमा निधन भएको किरात याक्थुङ चुम्लुङ युकेले जनाएको छ ।
स्वर्गीय लिम्बु सामाजिक कार्यमा पनि सक्रिय थिए । उनी बेजिङस्टक नेपाली समाजको संस्थापक अध्यक्ष रहेको एनआरएनए युकेका पूर्व अध्यक्ष तथा लिम्बुका नम्बरी योगकुमार फगामीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री