संयुक्त राष्ट्रसंघ। संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन ‘कोप २६’ विश्वका लागि नै महत्वपूर्ण हुने जानकारी बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले दिनुभएको छ ।
उहाँले विश्वमा अहिले जलवायु परिवर्तनको पनि ठूलो समस्या रहेको र विश्व नै यो समस्याबाट आक्रान्त भइरहेको भन्दै उक्त सम्मेलन यस क्षेत्रको समस्यालाई कम गर्ने विषयमा महत्वपूर्ण रहने धारणा राख्नुभएको हो ।
संयुक्त राष्ट्रसंघीय मुख्यालय न्युयोर्कमा सम्वाददाताहरुसँगको कुराकानीका क्रममा उहाँले सो जानकारी दिनुभएको हो ।
त्यस क्रममा उहाँले भन्नुभयो– मलाई लाग्छ यो सम्मेलनमा हामी सबैलाई र विश्वका लागि पनि एक महत्वपूर्ण मञ्च हुनेछ, जहाँ हामीहरुले आफ्ना जिम्मेवारीका बारेमा पनि हामीले एक आपसमा कुरा गर्नेछौँ र हामीले यस विषयमा आवश्यक छलफल र परामर्श पनि गर्न सक्नेछौँ ।
यस सम्मेलनका अवसरमा विश्वका धनी देशहरुले जलवायु परिवर्तनको असरका बारेमा आफूहरुले गर्नुपर्ने कामहरुको प्रतिबद्धता पूरा गर्ने विषयमा कुराकानी गर्नुपर्ने र यसका साथमा गरिब तथा विश्वमा जलवायु परिवर्तनबाट प्रभावित देश र जनताको लागि पनि सहयोग गर्नुपर्ने प्रतिबद्धताको बारेमा पनि स्मरण गर्नुपर्ने उहाँले बताउनुभयो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा