ब्रसेल्स । विश्व मगर संघ बेल्जियममा लोक राना अध्यक्ष पुन: निर्वाचित हुनुभएको छ ।
लुभेनस्थित ग्रोसरी हलमा अन्तर्रास्ट्रिय मगर महासंघका महासचिव वीरमान घर्ती मगरको प्रमुख आतिथ्यतामा सम्पन्न पाँचौं अधिवेशनबाट राना पुनः अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
हिजो सम्पन्न उक्त अधिवेशनबाट सर्बसम्मत रूपमा दोश्रो पटक पनि लोक रानामगर अध्यक्षतामा चयन हुनुभएको हो ।
विभिन्न क्षेत्रीय संयोजकसहित पहिलो बैठकले बाँकी पद पूर्ति गर्ने र सल्लाहकारहरुको चयन गर्ने सहमतिसहित २१ सदस्यीय कार्य समितिको चयन गरिएको छ भने अधिवेशनको हलबाट विधान संशोधनका लागि नयाँ कार्यसमितिलाई जिम्मा समेत दिइएको छ ।
अधिवेशनबाट निर्वाचन आयोग संयोजकमा वीरमान घर्तीमगर, सदस्यहरुमा नेत्र मगर, लाल पाईजा, साईमन आले, दिल आले निर्वाचित हुनुभएको छ ।
त्यस्तै नयाँ कार्यसमितिको अध्यक्षमा लोक राना मगर, वरिष्ठ उपाध्यक्षमा निता बुदुजा पुन, उपाध्यक्षमा बलबहादुर पुन, उपाध्यक्षमा कमला पुन, महासचिवमा खगेन्द्र पुन, सहसचिवमा सुशीला रोका, कोषाध्यक्षमा नरकुमारी पुन, सहकोषाध्यक्षमा दिपक पुन, महिला संयोजकमा यमुना रोका मगर निर्वाचित हुनुभएको छ ।
त्यस्तै, सदस्यहरुमा श्याम बुढा मगर, रिया थापा, मनकुमारी राम्जाली, क्षेत्र थापा, मकर पुन निर्वाचित भएका छन् । साथै, आन्त्रोपेन संयोजकमा नैना पुन, गुन पुन, युवा संयोजकमा बसन्त राना, लुभेन संयोजक, ब्रुग्गे संयोजक , ब्रुसेल्स संयोजकहरु चयन हुनुभएको छ ।
संस्थाको पाँचौ अधिवेशनमा संरक्षक मार्के मगर, युरोप संयोजक नेत्र मगर, वरिष्ठ सल्लाहकार लाल प्रसाद पाइजा, विधान संसोधन समिति संयोजक तोइना आले र अन्तर्रास्ट्रिय मगर महासंघका महासचिव वीरमान घर्तीमगरले कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रममा मार्के मगरले बेल्जियम मगर संघको बारेमा, नेत्र मगरले युरोपमा मगर संघ तथा बीरमान घर्तीमगरले र अन्तर्राष्ट्रिय मगर महासंघका बारेमा आ–आफ्ना भनाइ राख्नुभएको थियो ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश