काबुल, अफगानिस्तान । अमेरिकाले अफगानिस्तानबाट फिर्ता लिने सम्पूर्ण सैनिकको ‘९० प्रतिशतभन्दा बढी’ काम पूरा गरिसकेको संयुक्त राज्य अमेरिकाको केन्द्रीय कमाण्ड (सेन्टकम) ले एक विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।
सेन्टकमले मङ्गलबार जारी विज्ञप्तिमा भनिएको छ, “अफगानिस्तानमा रहेका अमेरिकी सेना फिर्ता प्रक्रिया जारी छ । हामीले सम्पूर्ण प्रक्रियाको ९० प्रतिशतभन्दा बढी काम पूरा गरिसकेका छौं । अफगानिस्तानमा तालिबानको निरन्तर बिरोध र दर्जनौं जिल्लाको कब्जा बीचमा हिंसामा भएको तीव्र वृद्धिको पृष्ठभूमिमा यो कुरा आयो ।
विज्ञप्तिमा भनिएको छ, “जुलाइसम्म रक्षा विभागले ९८४–सी १७ विमानमार्फत सुरक्षा प्रबन्धका १७ हजार ७४ थान सामान फिर्ता लिएको छ । अमेरिकी सेनाले करिब दुई दशक पहिले अवतरण गरेको बग्रान शिबिरलाई विशेष उत्सब बिना नै आबश्यक प्रतिरक्षा सामग्री अफगानी निकायलाई हस्तान्तरण गरेको छ ।”
बग्राममा पहिलो अमेरिकी सेना आइपुगेको करिब दुई दशकमा यस क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिन मद्दत गरेको अफगानिस्तानको सैनिकलाई उक्त क्षेत्र गत हप्ता हस्तान्तरण गरेको थियो ।
“तालिबानले देशभरिका ५० भन्दा बढी जिल्लाहरू नियन्त्रणमा लिएको छ । अमेरिकी गुप्तचर संस्थाले अफगानिस्तानबाट अमेरिकी सेना फर्केको केही महिनाभित्र सरकार तालीबानी विद्रोहीको कब्जामा पर्नसक्ने बताएको छ ।
तालिवान समूहले अर्को सय बर्षमा पनि अफगान सरकारलाई समर्पण गराउन नसक्न मंगलबार अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले बताउनुभएको छ ।
मन्त्रिपरिषद्को बैठकमा घानीले तालिबान र त्यसका समर्थकहरू मुलुकमा वर्तमान रक्तपात र विनाशका लागि जिम्मेवार रहेको बताउनुभएको छ ।
तालिवानको क्षेत्र विस्तारको मतलब उनीहरूलाई अफगानद्वारा स्वागत गरिएको होइन, र जनता आफ्नो क्षेत्रको रक्षा गर्न तयार छन् भन्ने भएको राष्ट्रिय सुरक्षा सल्लाहकार हमदुल्लाह मुहीबले बताउनुभएको छ ।
गुल्मी जिल्ला समाज यूकेको अध्यक्षमा मञ्जु भण्डारी खरेल निर्वाचित
नेपाली भूमि लिपुलेक हुँदै आयोजना गर्ने भनिएको कैलाश मानसरोवर यात्राबारे चीन र भारतलाई कूटनीतिक नोट पठाइयो
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
आङ्ल—गोरखा युद्धको कथा
तमु समाज यूकेद्वारा २५७०औं बुद्ध जयन्ती तथा बुद्ध पूर्णिमा कार्यक्रम भव्य रूपमा सम्पन्न
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत गम्भीर बिरामी, सहयोगको अपिल
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने