काबुल, अफगानिस्तान । अमेरिकाले अफगानिस्तानबाट फिर्ता लिने सम्पूर्ण सैनिकको ‘९० प्रतिशतभन्दा बढी’ काम पूरा गरिसकेको संयुक्त राज्य अमेरिकाको केन्द्रीय कमाण्ड (सेन्टकम) ले एक विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।
सेन्टकमले मङ्गलबार जारी विज्ञप्तिमा भनिएको छ, “अफगानिस्तानमा रहेका अमेरिकी सेना फिर्ता प्रक्रिया जारी छ । हामीले सम्पूर्ण प्रक्रियाको ९० प्रतिशतभन्दा बढी काम पूरा गरिसकेका छौं । अफगानिस्तानमा तालिबानको निरन्तर बिरोध र दर्जनौं जिल्लाको कब्जा बीचमा हिंसामा भएको तीव्र वृद्धिको पृष्ठभूमिमा यो कुरा आयो ।
विज्ञप्तिमा भनिएको छ, “जुलाइसम्म रक्षा विभागले ९८४–सी १७ विमानमार्फत सुरक्षा प्रबन्धका १७ हजार ७४ थान सामान फिर्ता लिएको छ । अमेरिकी सेनाले करिब दुई दशक पहिले अवतरण गरेको बग्रान शिबिरलाई विशेष उत्सब बिना नै आबश्यक प्रतिरक्षा सामग्री अफगानी निकायलाई हस्तान्तरण गरेको छ ।”
बग्राममा पहिलो अमेरिकी सेना आइपुगेको करिब दुई दशकमा यस क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिन मद्दत गरेको अफगानिस्तानको सैनिकलाई उक्त क्षेत्र गत हप्ता हस्तान्तरण गरेको थियो ।
“तालिबानले देशभरिका ५० भन्दा बढी जिल्लाहरू नियन्त्रणमा लिएको छ । अमेरिकी गुप्तचर संस्थाले अफगानिस्तानबाट अमेरिकी सेना फर्केको केही महिनाभित्र सरकार तालीबानी विद्रोहीको कब्जामा पर्नसक्ने बताएको छ ।
तालिवान समूहले अर्को सय बर्षमा पनि अफगान सरकारलाई समर्पण गराउन नसक्न मंगलबार अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले बताउनुभएको छ ।
मन्त्रिपरिषद्को बैठकमा घानीले तालिबान र त्यसका समर्थकहरू मुलुकमा वर्तमान रक्तपात र विनाशका लागि जिम्मेवार रहेको बताउनुभएको छ ।
तालिवानको क्षेत्र विस्तारको मतलब उनीहरूलाई अफगानद्वारा स्वागत गरिएको होइन, र जनता आफ्नो क्षेत्रको रक्षा गर्न तयार छन् भन्ने भएको राष्ट्रिय सुरक्षा सल्लाहकार हमदुल्लाह मुहीबले बताउनुभएको छ ।
सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
गोरखामा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको उम्मेदवारी फिर्ता
कैलाली-१ का रेशम चौधरीको उम्मेदवारी खारेज
हरिवंशको ‘भूठान’ ओटिटी प्लेटफर्म ‘अमेजन’ मा
अमेरिकाबाट थप ९० जना नेपाली डिपोर्ट
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन सर्यो, अब १४-१६ मार्चमा हुने [विज्ञप्तिसहित]