लण्डन । नेपाल पत्रकार महासंघ युके शाखाकाे पाँचौँ अधिवेसनबाट निर्वाचित हुने नयाँ कार्यसमितिका लागि अध्यक्षमा चारजनाको उम्मेदवारी परेको छ ।
निर्वाचन समितिले आइतबार साँझ प्रकाशन गरेको उम्मेदवारको पहिलो नामावलीअनुसार अध्यक्षमा बिमला सेने, ध्रुवराज अर्याल, श्यामकुमार लुइँटेल र विपिन निरौलाको उम्मेदवारी परेको छ ।
यसैगरी वरिष्ठ उपाध्यक्षमा दिनेशकुमार परियार र सन्जयभक्त कँडेलको उम्मेदवारी परेको छ । खुला उपाध्यक्षमा शिव भण्डारी र एभरेष्ट गौतमको उम्मेदवारी परेको छ । महिला उपाध्यक्षमा प्रमिला लाबुङ राईको मात्र उम्मेदवारी परेको छ ।
महासचिव पदमा नरेन्द्रकुमार बस्नेत र जगन्नाथ (जगन) कार्कीको उम्मेदवारी परेको छ ।
दुई जना निर्वाचित हुने सचिव पदमा मन्जु भण्डारी र खेमराज रानाभाटको उम्मेदवारी परेको छ भने काेषाध्यक्षमा सविन्द्रकुमार गुरुङ तथा सहकोषाध्यक्षमा सुरेन्द्र इङनामको उम्मेदवारी परेको छ ।
६ सदस्यका लागि विश्वासदीप तिगेला, गोमा राना, जयराम तामाङ र नगेन्द्रराज नेम्वाङको उम्मेदवारी परेको छ ।
शाखाको अधिवेसन यही जुन १३ मा हुँदैछ ।
नयाँ कार्यसमिति चयनका लागि रमेश सराङकोटीको संयोजकत्वमा नविन पोखरेल, चिरन शर्मा, केशव भण्डारी र सङ्गीता मरहट्ठा रहेको निर्वाचन समिति गठन गरिएको छ । निर्वाचन समितिको कानुनी सल्लाहकारमा सोलिसिटर दीपक भट्टराई रहेका छन् ।
नयाँ कार्यसमिति चयनका लागि पोस्टल र प्रत्यक्ष मतदान गरिने शाखाले जनाएको छ ।
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
प्रवासी नेपालीको कथामा बन्यो चलचित्र ‘प्रवासी जीवन’
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै