लण्डन । नेपाल पत्रकार महासंघ युके शाखाकाे पाँचौँ अधिवेसनबाट निर्वाचित हुने नयाँ कार्यसमितिका लागि अध्यक्षमा चारजनाको उम्मेदवारी परेको छ ।
निर्वाचन समितिले आइतबार साँझ प्रकाशन गरेको उम्मेदवारको पहिलो नामावलीअनुसार अध्यक्षमा बिमला सेने, ध्रुवराज अर्याल, श्यामकुमार लुइँटेल र विपिन निरौलाको उम्मेदवारी परेको छ ।
यसैगरी वरिष्ठ उपाध्यक्षमा दिनेशकुमार परियार र सन्जयभक्त कँडेलको उम्मेदवारी परेको छ । खुला उपाध्यक्षमा शिव भण्डारी र एभरेष्ट गौतमको उम्मेदवारी परेको छ । महिला उपाध्यक्षमा प्रमिला लाबुङ राईको मात्र उम्मेदवारी परेको छ ।
महासचिव पदमा नरेन्द्रकुमार बस्नेत र जगन्नाथ (जगन) कार्कीको उम्मेदवारी परेको छ ।
दुई जना निर्वाचित हुने सचिव पदमा मन्जु भण्डारी र खेमराज रानाभाटको उम्मेदवारी परेको छ भने काेषाध्यक्षमा सविन्द्रकुमार गुरुङ तथा सहकोषाध्यक्षमा सुरेन्द्र इङनामको उम्मेदवारी परेको छ ।
६ सदस्यका लागि विश्वासदीप तिगेला, गोमा राना, जयराम तामाङ र नगेन्द्रराज नेम्वाङको उम्मेदवारी परेको छ ।
शाखाको अधिवेसन यही जुन १३ मा हुँदैछ ।
नयाँ कार्यसमिति चयनका लागि रमेश सराङकोटीको संयोजकत्वमा नविन पोखरेल, चिरन शर्मा, केशव भण्डारी र सङ्गीता मरहट्ठा रहेको निर्वाचन समिति गठन गरिएको छ । निर्वाचन समितिको कानुनी सल्लाहकारमा सोलिसिटर दीपक भट्टराई रहेका छन् ।
नयाँ कार्यसमिति चयनका लागि पोस्टल र प्रत्यक्ष मतदान गरिने शाखाले जनाएको छ ।
भारतको राजधानी नयाँदिल्लीमा होटलमा आगलागी : २१ को मृत्यु, दर्जनौँ घाइते
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
भारतका प्रधानमन्त्री मोदी र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
डायस्पोरिक कथासहित जानु काम्बाङको ‘खाम्योक’ उपन्यास आउँदै
एनआरएनए कानुनको मस्यौदामाथि छलफल हुन्छ : परराष्ट्रमन्त्री खनाल