नयाँ दिल्ली। भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । दिल्ली राज्य सरकारले आफ्नो राज्यका लागि बैंककबाट अक्सिजनको १८ ट्याङ्कर आयात गर्ने निर्णय गरेको छ भने । अक्सिजन मगाइएको ट्याङ्कर बुधबारदेखि दिल्लीमा आउन थाल्ने मुख्यमन्त्री अरविन्द केजरीवालले जानकारी दिनुभयो ।
मुख्यमन्त्री केजरीवालले बैंककबाट अक्सिजनको ट्याङ्कर ल्याउनका लागि केन्द्र सरकारसँग एयरफोर्स विमान उपलब्ध गराइदिन आग्रह गर्नुभएको छ । केन्द्र सरकारले एयरफोर्स विमान उपलब्ध गराएको खण्डमा अक्सिजन ल्याउन सकिने उहाँको भनाइ छ ।
दिल्ली सरकारले फ्रान्सबाट २१ वटा तत्काल प्रयोग गर्न मिल्ने अक्सिजन प्लान्ट आयात गर्न लागेको बताउँदै त्यसले दिल्लीमा अक्सिजनको समस्या समाधान गर्ने बताउनुभयो । ल्याइएको २१ वटा अक्सिजन प्लान्टलाई दिल्लीको विभिन्न अस्पतालमा लगाइने उहाँले बताउनुभयो ।
भारतमा दैनिक तीन लाखभन्दा धेरै कोरोना संक्रमित थपिँदै गएपछि अस्पताल भर्ना भएका ९० प्रतिशत बिरामीलाई अक्सिजन आवश्यक भएपछि त्यहाँ अक्सिजनको अभाव भइरहेको छ । अक्सिजनको अभावमा त्यहाँ दैनिक सैैयौंले ज्यान गुमाइरहेका स्थानीय समाचार माध्यमहरूले बताएका छन् ।
देशमा अक्सिजन अभाबदेखिएपछि भारतले तत्कालका लागि अक्सिजन निर्यातमा रोक लगाएको छ । यसबाट नेपाल, बङ्गलादेश, श्रीलङ्कालगायतका एशियाली मुलुकमा समेत अक्सिजनको अभाब आउनसक्ने अनुमान गरिएको छ ।
केन्द्र सरकारले विरामीका लागि अक्सिजनको कमी भएकोभन्दै अक्सिजन आवश्यक पर्ने कतिपय कलकारखानाहरू सञ्चालन नगर्न निर्देशनसमेत दिइसकेको छ ।
जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
पदम गुरुङले पाए ननिटन काउन्सिलबाट ‘फ्रिम्यान अफ द बरो’ को सम्मान
युएईले दियो २ सय ६७ नेपालीलाई आममाफी
बेलायतको नेपाली दुताबासमा विद्यार्थीका समस्याबारे सम्मेलन
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन