
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद माल्टाका कार्यसमिति पुनगर्ठन गरिएको छ । आर्थिक विवादमा मुछिएका कार्यसमिति सदस्यहरुले आआफ्ना पदबाट राजिनामा दिएको हुनाले हाल नयाँ कार्य समितिमा पदाधिकारी तथा सदस्यहरुको रिक्त पदपुर्तिमा अध्यक्षमा हरी प्रकाश विकेको संयोजकत्वमा ११ सदस्यीय राष्ट्रिय महाधिवेशन तयारी समिति गठन गरिएको छ।
उक्त समितिमा ललित पाण्डे सदस्य सचिव र सदस्यहरुमा द्रोण कुमार घिमिरे, बिसन गुरुङ्, गणेश क्षेत्री, देवेन्द्र खड्का, विक्रम खनाल, अशोक गिरी, डिल्लिराम पाण्डे, चन्द्रा कुमारी शाही र उपेन गिरी रहेका छन ।
समितिलाई सदस्यता वितरण गर्ने र नयाँ कार्य समितिको निर्वाचन तथा महाधिवेशन गर्ने जिम्मेवारी प्रदान गरिएको छ ।निर्वाचनलाई स्वतन्त्र र निष्पपक्ष होस, र स्वार्थ नबाझियोस भनेर यस समितिमा रहेका कुनै पनि सदस्यहरुले आसन्न निर्वाचनमा कुनै पनि पदमा उम्मेदवारी नदिने व्यवस्था गरिएको छ ।
संघ महासचिव डा. हेमराज शर्मा र युरोप संयोजक नारायण आचार्यले संयुक्त विज्ञप्ती जारी गरि जानकारी गराएका हुन ।
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल