लण्डन । ग्रिनविचकी मेयर लिण्डा बर्डले उलविच लेट नाइट फार्मेसीले कोरोना खोप कार्यक्रममा पुर्याउँदै आइरहेको योगदानको तारिफ गरेकी छन् ।
जनवरी २१ देखि आधिकारीक रुपमा एचएचएस कोभिड भ्यासिनेशन साइटले सफलतापूर्वक समुदायमा कोरोना खोप कार्यक्रम अन्तर्गत काम गर्दै आइरहेको छ ।
हालै भएको एक जुम मिटिङमा मेयर बर्ड, उलविच लेट नाइट फार्मेसीका अध्यक्ष राजन कँडेल साथै वरिष्ठ क्लिनिकल फर्मासिष्ट शोभा शर्माबीच छलफल भएको हो । उक्त जुम मिटिङमा मेयर बर्डले उलविच लेट नाइट फार्मेसीले कोभिड १९ खोप अभियानप्रति विशेष चासो व्यक्त गरेकी थिइन् । उनले कोभिड १९ खोप अभियानमा एनएचएसमा फार्मेसीहरु महत्वपूर्ण स्रोत भएको जिकिर गरिन् ।
फर्मासिष्टहरु जो उच्च प्रशिक्षित स्वास्थ्य सेवा प्रदायकहरु हुन्, उनीहरुप्रति आम मानिसको विश्वास रहेको उनले बताइन् । उनीहरुले उत्कृष्ट सेवा प्रदायक हुन् र सुरक्षित र प्रभावकारी रुपमा भ्याक्सिनेशन सेवा प्रदान गर्दै आइरहेको भन्दै उनले तारिफ गरिन् ।
महामारीको समयमा लगातार खटिएर स्वाथ्य सेवा प्रदान गर्न कडा परिश्रम गरिरहेका र ग्रीनवीचका बासिन्दाहरुलाई खोप लगाएर जनस्वास्थ्यमा योगदान पुर्याएकोमा उनले उलविच लेट नाइट फार्मेसीमा कार्यरत सम्पूर्ण टिमको प्रशंसा गरेकी छन् ।
त्यस्तै मेयर बर्डले आफू जातीय अल्पसंख्यक समुदायसँग निकट रहेर काम गरिरहेको र कोभिड खोप (उलविच फार्मेसीले समर्थन गर्दै आइरहेको मिसन) बारे जनचेतना गराइरहेको कँडेल र शर्मालाई विश्वास दिलाइन् । एनएचएस साउथ इष्ट लण्डनसँगको सहकार्यमा शोभा शर्माले भिडियोहरु निर्माण गर्दै आइरहेकी छन् र नेपाली समुदायलाई कोरोना भ्याक्सिनबारे प्रचार गरिरहेकी छन् ।
उलविच लेट नाइट फार्मेसी सुपरीटेण्डेन्ट फर्मासिष्ट जिगनेश मेहता र वरिष्ठ क्लिनिकल फर्मासिष्टहरु खोप लगाउने कार्य गर्दै आइरहेका छन् । पहिलो महिना निकै सफल रहेको र उनीहरुले धेरैभन्दा धेरै प्राथमिकतामा रहेका समुहलाई प्रत्येक हप्ता खोप लगाएको कँडेलले जानकारी दिए ।
उलविच लेट नाइट फार्मेसी ग्रीनवीचमा पहिलो फार्मेसी हो जसलाई एचएनएस इंग्ल्याण्डले एचएचएस कोभिड खोप साइट बनाउनका लागि अनुमोदन गरेको थियो । साथै लण्डनमा १५ मध्ये एक मात्र हो ।
टोलीले अब यो अनुभव ग्रीनविचमा रहेको अर्को फार्मेसी आधारित कोभिड खोप केन्द्रको लागि प्रयोग गर्ने योजना बनाएको छ । टोलीले मेयरसँग यस क्षेत्रमा प्रावधान विस्तार गर्ने उनीहरुको भावी योजनाहरु साझेदारी गर्दै आफुहरु उक्त कुरामा पुर्ण सहयोगी रहेको पुष्टि गरेको छ । उनीहरुलाई शुभकामना दिएकी छन् । मेयर बर्डले अन्तिममा समुदायको सहयोगमा खटिएकोमा र खोप नीतिलाई सफलतापूर्वक अगाडि बढाइरहेकोमा धन्यवाद दिइन् ।
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
भेनेजुएलामा शक्तिशाली भूकम्प : १ हजार ९४३ को मृत्यु पुष्टि, १० हजारभन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण [निर्वाचितको सूचीसहित]
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल,अमेरिका शाखाको अध्यक्षमा उदय भट्टराई
विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]