लण्डन । ग्रिनविचकी मेयर लिण्डा बर्डले उलविच लेट नाइट फार्मेसीले कोरोना खोप कार्यक्रममा पुर्याउँदै आइरहेको योगदानको तारिफ गरेकी छन् ।
जनवरी २१ देखि आधिकारीक रुपमा एचएचएस कोभिड भ्यासिनेशन साइटले सफलतापूर्वक समुदायमा कोरोना खोप कार्यक्रम अन्तर्गत काम गर्दै आइरहेको छ ।
हालै भएको एक जुम मिटिङमा मेयर बर्ड, उलविच लेट नाइट फार्मेसीका अध्यक्ष राजन कँडेल साथै वरिष्ठ क्लिनिकल फर्मासिष्ट शोभा शर्माबीच छलफल भएको हो । उक्त जुम मिटिङमा मेयर बर्डले उलविच लेट नाइट फार्मेसीले कोभिड १९ खोप अभियानप्रति विशेष चासो व्यक्त गरेकी थिइन् । उनले कोभिड १९ खोप अभियानमा एनएचएसमा फार्मेसीहरु महत्वपूर्ण स्रोत भएको जिकिर गरिन् ।
फर्मासिष्टहरु जो उच्च प्रशिक्षित स्वास्थ्य सेवा प्रदायकहरु हुन्, उनीहरुप्रति आम मानिसको विश्वास रहेको उनले बताइन् । उनीहरुले उत्कृष्ट सेवा प्रदायक हुन् र सुरक्षित र प्रभावकारी रुपमा भ्याक्सिनेशन सेवा प्रदान गर्दै आइरहेको भन्दै उनले तारिफ गरिन् ।
महामारीको समयमा लगातार खटिएर स्वाथ्य सेवा प्रदान गर्न कडा परिश्रम गरिरहेका र ग्रीनवीचका बासिन्दाहरुलाई खोप लगाएर जनस्वास्थ्यमा योगदान पुर्याएकोमा उनले उलविच लेट नाइट फार्मेसीमा कार्यरत सम्पूर्ण टिमको प्रशंसा गरेकी छन् ।
त्यस्तै मेयर बर्डले आफू जातीय अल्पसंख्यक समुदायसँग निकट रहेर काम गरिरहेको र कोभिड खोप (उलविच फार्मेसीले समर्थन गर्दै आइरहेको मिसन) बारे जनचेतना गराइरहेको कँडेल र शर्मालाई विश्वास दिलाइन् । एनएचएस साउथ इष्ट लण्डनसँगको सहकार्यमा शोभा शर्माले भिडियोहरु निर्माण गर्दै आइरहेकी छन् र नेपाली समुदायलाई कोरोना भ्याक्सिनबारे प्रचार गरिरहेकी छन् ।
उलविच लेट नाइट फार्मेसी सुपरीटेण्डेन्ट फर्मासिष्ट जिगनेश मेहता र वरिष्ठ क्लिनिकल फर्मासिष्टहरु खोप लगाउने कार्य गर्दै आइरहेका छन् । पहिलो महिना निकै सफल रहेको र उनीहरुले धेरैभन्दा धेरै प्राथमिकतामा रहेका समुहलाई प्रत्येक हप्ता खोप लगाएको कँडेलले जानकारी दिए ।
उलविच लेट नाइट फार्मेसी ग्रीनवीचमा पहिलो फार्मेसी हो जसलाई एचएनएस इंग्ल्याण्डले एचएचएस कोभिड खोप साइट बनाउनका लागि अनुमोदन गरेको थियो । साथै लण्डनमा १५ मध्ये एक मात्र हो ।
टोलीले अब यो अनुभव ग्रीनविचमा रहेको अर्को फार्मेसी आधारित कोभिड खोप केन्द्रको लागि प्रयोग गर्ने योजना बनाएको छ । टोलीले मेयरसँग यस क्षेत्रमा प्रावधान विस्तार गर्ने उनीहरुको भावी योजनाहरु साझेदारी गर्दै आफुहरु उक्त कुरामा पुर्ण सहयोगी रहेको पुष्टि गरेको छ । उनीहरुलाई शुभकामना दिएकी छन् । मेयर बर्डले अन्तिममा समुदायको सहयोगमा खटिएकोमा र खोप नीतिलाई सफलतापूर्वक अगाडि बढाइरहेकोमा धन्यवाद दिइन् ।
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
सञ्चारकर्मी टीकाराम यात्री बेलायतस्थित ए स्टार मोर्गेजेजको ‘ब्रान्ड एम्बास्डर’ नियुक्त
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह