शनिबार, माघ ३ २०७७ | Sat, January 16, 2021
नेपालको समय: २०:३९ | UK Time: 14:54

पोर्चुगलका राष्ट्रपति मार्सेलोलाई कोरोना संक्रमण भएको पुष्टि

राजकुमार थापा
२०७७ पुष २८ गते ४:५२

लिस्बन। पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो दे सौसालाई आज राति ९:४० बजे कोरोना संक्रमण पुष्टि भएको छ।

राष्ट्रपति मार्सेलो ७२ बर्षका छन् ।

कोरोना संक्रमित भएपछि राष्ट्रपति मार्सेलोले आगामी हप्तासम्मका लागि निर्धारित भएका उनका सबै भेटघाट र चुनावी कार्यक्रमहरु रद्ध गरेका छन् । उनले भोलि हुने राजनैनिक दलहरुको सुनुवाइ पनि रद्द गरेका छन् ।

यही जनवरी २४ तारिखमा पोर्चुगलको राष्ट्रपतिको चुनाव हुँदैछ । राष्ट्रपति मार्सेलो आफ्नो दोश्रो कार्यकालका लागि चुनावी अभियानमा व्यस्त थिए ।

राष्ट्रपति मार्सेलोलाई कोरोना पोजिटिभ भएको खबर आज सोमबार राति राष्ट्रपतिको आधिकारिक वेवसाइट  https://www.presidencia.pt/?idc=10&idi=181421 मार्फत जानकारी दिईएको हो।

कोरोना पोजेटिभको रिपोर्ट आएसंगै उनी बेलेम स्थित राष्ट्रपति निवासमा आइसोलेसनमा बसेका छन् ।

राष्ट्रपति मार्सेलोको हिजो र आज बिहानको कोरोनाको परिक्षणको नतिजा नेगेटिभ आएता पनि आज रातिको कोरोना परिक्षणको पिसिआर रिपोर्ट पोजेटिभ आएको जारी सुचनामा उल्लेख छ।

Presidente da República testa positivo, mas assintomático

Tendo o Presidente da República testado negativo ontem, e apesar do teste antigénio de hoje ser negativo, soube-se agora, às 21h40, que o teste PCR deu positivo.

O Presidente da República, que está assintomático, comunicou ao Presidente da Assembleia da República, ao Primeiro-Ministro e à Ministra da Saúde e, encontrando-se a trabalhar em Belém, aí ficou e ficará em isolamento profilático na zona residencial, aguardando o inquérito epidemiológico.

Cancelou toda a agenda para os próximos dias, a começar com sessão com os peritos no Infarmed e a audição dos Partidos Políticos previstas para amanhã.

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक