हेरुँ हेरुँ’को भिडियो सार्वजनिक

गीत हेरुँ हेरुँ’को भिडियो सार्वजनिक गरिएको छ । उक्त गीत हालै बेलायतमा सार्वजनिक गरिएको हो ।गीता गिरी शेरचनको रचना रहेको गीतको भिडियो खिम शेरचनले निर्माण गरेका हुन् । राजु सिंहको संगीत, नरेन्द्र वियोगीको एरेन्ज रहेको गीत बेलायतका बिभिन्न स्थलहरुमा छायांकन गरिएको छ । वैँशालु उमेरमा एक युवकको प्रेममा पागल भएकी युवतीको कथालाई देखाइएको भिडियोको निर्देशन कुशल श्रेष्ठले गरेका हुन् ।

जसमा बेलायतमा नै बसेर मोडलिगं गर्दै आएका चर्चित नायक तथा मोडल ध्रुब दत्त र शुभेक्षा भारती मगरको अभिनय देख्न सकिन्छ । शुभेक्षाको डेब्यू गीत भएता पनि उनले पहिलो भिडियोमा नै चुलबुले प्रेमिकाका रुपमा अभिनय गरेकी छिन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री