शुक्रबार, माघ ९ २०७७ | Fri, January 22, 2021
नेपालको समय: १५:५० | UK Time: 10:05

अमेरिकी संसद आक्रमणमा घाइते प्रहरीको मृत्यु

वीनेपाली
२०७७ पुष २४ गते ९:३६

WASHINGTON D.C., USA – JANUARY 6: US President Donald Trumps supporters gather outside the Capitol building in Washington D.C., United States on January 06, 2021. Pro-Trump rioters stormed the US Capitol as lawmakers were set to sign off Wednesday on President-elect Joe Biden’s electoral victory in what was supposed to be a routine process headed to Inauguration Day. (Photo by Tayfun Coskun/Anadolu Agency via Getty Images)

 

वासिङ्टन । अमेरिकी संसद भवनभित्र बुधबार प्रवेश गरेका ट्रम्प समर्थकको आक्रमणबाट घाइते भएका एक प्रहरीको मृत्यु भएको छ ।

बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उक्साहटपूर्ण भाषणपछि आक्रोशित समर्थकहरुले अमेरिकी संसदभित्र प्रवेश गरेर व्यापक तोडफोड गरेका थिए ।

प्रहरी कारबाहीमा प्रदर्शनकारीतर्फ एक महिला सहित चार जनाको मृत्यु भएको थियो । प्रहरीका अनुसार एक जना संसद भवनभित्र र अरु तीन जना संसद भवनको बाहिर मृत्यु भएको थियो ।

क्यापिटोल प्रहरीले एक वक्तव्य प्रकाशन गरी प्रहरी अधिकृत ब्रायन सिकनिकको बिहीबार राति ज्यान गएको जनाएको छ । भिड नियन्त्रणमा खटिएका बेला घाइते भएका ब्रायनलाई तत्कालै स्थानीय अस्पतालमा भर्ना गरिए पनि बचाउन नसकिएको भन्दै क्यापिटोल प्रहरीले दुःख व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक