लण्डन । कोरोना भाइरसविरुद्ध विकसित गरिएको खोप पहिलो पटक आममानिसमा आउँदो मंगलबार बेलायतमा दिइँदै छ ।
ओैषधि निर्माता फाइजर र बायोएनटेकले संयुक्त रुपमा विकास गरेको सो खोपको डोज बिहीबार साँझ बेल्जियमबाट स्थलमार्ग हुँदै बेलायत आइसकेको छ भने बेलायत सरकारले सो खोप दिनका लागि ५० वटा राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ट्रष्टलाई जिम्मेवारी दिएको छ ।
यतिबेला सर्वसाधारणको मनमा जिज्ञासा हुनसक्छ खोप लगाउने मानिसहरु कसरी छनौट गरिन्छ ?
एनएचएस प्रोभाइडर्सका प्रमुख कार्यकारी अधिकृत क्रिस होपसनका अनुसार ५० वटा एनएचएस ट्रष्टहरुले अहिले पहिलो चरणमा आफ्नो क्षेत्रका केयर होम र स्थानीय निकायसित केयर होमका बासिन्दा र उनीहरुका रेखदेखकर्ताहरुलाई खोप लगाउन आउन समन्वय गरिरहेका छन् । त्यसपछि अस्पतालहरुले ८० वर्षमाथिका मानिसहरुको पहिचान गर्नेछन् र उनीहरुलाई खोप लगाउनका लागि बोलाउने छन् । यसरी खोप लगाउनेहरुमा अधिकांश अस्पतालका बहिरंग र अन्तरंग सेवा लिइरहेका बिरामीहरु हुनेछन् ।
खोपलाई माइनस ७५ डिग्रीमा भण्डारण गर्न पर्ने भए पनि सो तापक्रमबाट निकालेको ६ घन्टासम्म पनि खोपमा कुनै असर नपर्ने भएकाले केयर होममै लगेर खोप लगाउन सकिने पनि मेडिसिन्स एण्ड हेल्थकेयर प्रोडक्टस रेगुलेटरी एजेन्सी (एमएचआरए)ले जनाएको छ ।
अस्पतालहरुले पहिलो डोज खोप लिएकाहरुलाई तीन सातापछि अर्को डोज लिन आउन भन्नेछन् ।
यसअघि संयुक्त खोप तथा प्रतिरक्षा समितिले कसले पहिले खोप पाउने भन्ने बारेमा प्राथमिकताको सूची बनाएको छ । जसअनुसार शुरुमा केयर होमका बसिरहेका वृद्धावस्थाका मानिस र उनीहरुका रेखदेखकर्ताले पाउने छन् । त्यसपछिको प्राथमिकता ८० वर्ष वा सो भन्दा माथिको उमेर माथिका सबै मानिसहरु तथा स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा कार्यरत मानिसहरुलाई दिइएको छ ।
त्यसपछि ७५ वर्ष वा सो भन्दा माथिका उमेरका मानिसहरुलाई खोप दिइनेछ । उनीहरुपछि ७० वर्ष उमेर पुगेका वा सोभन्दा माथिका र अति गम्भीर स्वास्थ्य समस्या भएकाहरुलाई खोप दिइनेछ । त्यसपछिको पालो ६५ वर्ष वा सोभन्दा माथिकाहरुलाई दिइनेछ । उनीहरुपछि १६ देखि ६४ वर्ष उमेर समूहका तर स्वास्थ्य समस्या भएकाहरुलाई खोप दिइनेछ । त्यसपछि ६० वर्ष वा सोभन्दा माथिकालाई र त्यसपछि ५५ वर्ष वा सोभन्दा माथिकालाई खोप दिइने छ ।
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग