बुटवल । प्रदेश नं ५ को स्थायी राजधानी देउखुरी हुने प्रस्ताव प्रदेशसभामा आज पारित भएको छ । प्रदेशसभाको दुईतिहाइ बहुमतले राजधानी देउखुरी र लुम्बिनी प्रदेश नामकरण भएको सभामुख पूर्णबहादुर घर्तीले घोषणा गर्नुभयो । आज प्रदेश नं ५ ले औपचारिक रुपमा नाम लुम्बिनी र स्थायी राजधानी पाएको छ ।प्रदेशसभामा आज भएको मतदानमा देउखुरी राजधानीका पक्षमा ६९ र विपक्षमा १३ तथा लुम्बिनी प्रदेश नामकरणका पक्षमा ७९ र विपक्षमा चार मत परेको सभामुख घर्तीले सदनलाई जानकारी दिनुभयो । राजधानीका पक्षमा तीन र नामकरणका पक्षमा दुई सदस्य तटस्थ बस्नुभएको थियो । कुल ८७ सदस्य रहेको प्रदेशसभामा सभामुख घर्ती र प्रदेशसभा सदस्य सुरेन्द्रबहादुर हमाल मतदान प्रक्रियामा सहभागी हुनुभएन ।
प्रदेश सरकारका तर्फबाट यही असोज १६ गतेको प्रदेशसभा बैठकमा दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाले चर्चेको राप्ती नदी किनाराको मैदानी भाग देउखुरी उपत्यका क्षेत्रलाई स्थायी राजधानीका लागि आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रस्ताव गर्नुभएको थियो । त्यसैगरी प्रदेशको नामकरणका लागि पनि मन्त्री केसीले सभामा प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । दुवै प्रस्तावमा मत हस्ताक्षर गरेर मत विभाजन भएको थियो ।
उक्त प्रस्तावमाथि प्रदेशसभामा विपक्षी दल नेपाली काङ्ग्रेसका तर्फबाट फरक प्रस्ताव दर्ता गरिए पनि प्रदेशसभा आजको बैठकमा मत विभाजन हुँदा दुई तिहाई मतले सरकारको प्रस्तावलाई पारित गरेको हो ।
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]