एनआरएनए यूरोप सम्मेलनमा चर्काचर्की, प्रत्यक्ष प्रसारण बन्द !

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)का आइसीसी सदस्यहरुले संघकै केन्द्रिय अध्यक्ष कुमार पन्त तथा महासचिव डा हेम राज शर्माको राजिनामा माग गरेका छन्। एनआरएनए निर्वाचन पद्धति विकृत भएको पन्त र शर्माले पटक पटक दावी गरे पछि उनीहरुले निर्वाचनमा कसलाई कति रकम बाडियो सार्वजनिक गर्न माग गर्दै नैतिकताको आधारमा राजीनामा मागेका हुन् ।
१७ बर्ष एनआरएनएले अपनाएको निर्वाचन पद्धतिका बारेमा विस्तृत छलफल गर्नु भन्दा पनि आइसीसी सदस्यहरुलाई बैठकमा बोल्न नदिएपछि विकृत निर्वाचनबाट धाधली गरेर जित्ने अध्यक्ष पन्त र महासचिव शर्माले तत्काल राजीनामा दिन उनि हरुले सुझाए । शर्माले निशुल्क सदस्यता, अनलाइन भोटिंङ र एमआइएस सिस्टमका बारेमा छलफल गर्न खोज्नेलाई विरोधीको संज्ञा दिदै जवर्जस्ति प्रस्ताव विशेष अधिवेशनमा लैजाने र पारित गराउने बताए । गत शनिबार र आईतबार २ दिनसम्म चलेको गैर आवासीय नेपाली संघको युरोप बैठकको दोश्रो दिन आयोजित आइसीसी फोरममा आइसीसी सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिन नसकेपछि अध्यक्ष पन्त र महासचिव शर्मा तथा आइसीसी सदस्यहरुको चर्काचर्की वीच कार्यक्रमको प्रत्यक्ष प्रसारण नै बन्द गरिएको थियो ।
अध्यक्ष पन्त बसोबास गर्ने मुलुक जर्मनीका आइसीसी सदस्य विजय मोक्तानले महासचिव शर्माले पटक पटक गत वर्ष अक्टोबर महिनामा काठमाडौँको हायत होटलमा सम्पन्न एनआरएनएको नवौं विश्व सम्मेलनमा धांधली भएको, पैसा खर्च गरिएको, भेडाबाख्रा जस्तै किनबेच भएको ,एनआरएन भन्न नजान्नेहरुले समेत मतदान गरेको बताए पछि आपत्ति जनाएका थिए। “तपाईंले पटक पटक गलत, फर्जी डेलिगेट्सको मतबाट निर्वाचित भएको भन्नुभयो। त्यसो भए तपाईंले र केन्द्रिय अध्यक्षले नैतिकताको आधारमा राजीनामा दिनु पर्द्छ कि पर्दैन?” उनले भने । लगत्तै अध्यक्ष पन्तले प्रत्यक्ष प्रसारण रोक्न निर्देशन दिए पछि काठमाडौँमा रहेका आइटी स्टाफले कार्यक्रम को प्रत्यक्ष प्रसारण बन्द गरि दिएका थिए। आइसीसी सदस्यहरु चिन्तामणि सापकोटा, गुणराज शर्मा तथा सुबाश जोशीले पनि महासचिवको भनाइप्रति आपत्ति जनाएका थिए।
कुनै पनि प्रस्तावमा विस्तृत छलफल गर्न माग गर्दा जे पायो त्यही आरोप लगाउने महासचिव शर्माको भनाइ माथि आइसीसी सदस्यहरुले थप छलफल माग गरेका थिए । तर महासचिब शर्माले आइसीसी सदस्यहरुलाई बोल्न नदिन संचालकलाई आग्रह गरेपछि कर्यक्रमको अध्यक्षता गरिरहेका यूरोप संयोजक नारायण आचार्यले २ /२ मिनेट सबै आइसीसी सदस्यहरूलाई बोल्न दिन निर्देशन दिएका थिए। त्यसपछि आइसीसी सदस्यहरु सापकोटा र शर्माले पटक पटक चुनाबमा धांधली भयो, पैसाको खोलो बग्यो भन्ने महासचिव शर्मालाई आफुले कसरी चुनाव जितेको हो, कति पैसा खर्च भएको हो सार्बजनिक गर्न चुनौती दिएका थिए।
मनोवैज्ञानिक रुपमा शक्तिको प्रयोग गरेर भर्चुएल विशेष महाधिवेशनगरी जसरी पनि प्रस्ताव पारित गरी छाडने भन्दै महासचिब शर्मा शनिवार र आइतबार समेत आक्रामक रुपमा प्रस्तुत भएका थिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री