काठमाडौँ । सरकारले विदेशमा रहेका नेपाली श्रमिकलाई ल्याउने क्रममा विभिन्न देशमा रहेका नेपालीहरुको शव पनि ल्याउने भएको छ ।
विदेशमा निधन भएका नेपालीमध्ये कतिको अन्त्येष्ठी यसअघि नै भइसकेको छ भने अलपत्र परेका शव ल्याउने जिम्मेवारी परराष्ट्र मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलेाई दिइएको छ ।
शव ल्याउन लाग्ने खर्च सम्बन्धित रोजगारदाताले ब्यहोर्ने व्यवस्था छ तर विशेष परिस्थितिमा शव ल्याउँदा लाग्ने खर्च वैदेशिक रोजगार कल्याणकारी कोषबाट खर्च गरिने भएको छ ।
वैदेशिक रोजगार बोर्डका अनुसार लकडाउनको अवधिमा कोरोनासहित अन्य कारणले खाडीका छ एवं मलेसिया, दक्षिण कोरियालगायतका देशमा २२७ जना नेपालीको ज्यान गएको छ ।
गत शुक्रबारसम्ममा सबैभन्दा धेरै साउदीमा ५८ जना नेपालीले ज्यान गुमाएका छन् । जसमध्ये चार जनाको कोरोनाको कारण ज्यान गएको हो भने बाँकीको अन्य कारणले निधन भएको बोर्डले जनाएको छ । साउदीमा ज्यान गुमाउने ११ जनाका परिवारले उतै अन्त्येष्टिका लागि अनुमति दिएका छन् भने बाँकी ४७ वटा शव साउदीमै रोकिएका छन् ।
यस्तै मलेसियामा ५१ जना नेपालीले विभिन्न कारणले ज्यान गुमाएकामा चार जनाका परिवारले उतै अन्त्येष्टिका लागि अनुमति दिएका छन् भने ४८ वटा शव मलेसियामै रोकिएको छ ।
बोर्डका अनुसार यस अवधिमा कतारमा ३७ जनाले ज्यान गुमाएका छन् । जसमध्ये १० जनाका परिवारले उतै अन्त्येष्टिका लागि अनुमति दिएका छन् भने २७ वटा शव बाँकी छन् । जसमध्ये कतारमा चार जना नेपालीको कोरोनाको कारण ज्यान गएको छ ।
त्यसैगरी संयुक्त अरब इमिरेट्स (यूएई)मा यो अवधिमा ४८ जनाको ज्यान कोरोनासहित विभिन्न कारणले ज्यान गएको छ । जसमध्ये ३६ जनाको परिवारले उतै अन्त्येष्टिका लागि अनुमति दिएका छन् भने बाँकी यूएईमा १२ वटा शव व्यवस्थापन गर्नुपर्ने छ । यूएईमा ज्यान गुमाउनेमध्ये नौ जनाको कोरोनाको कारण ज्यान गएको बोर्डले जनाएको छ ।
बोर्डका अनुसार कुवेतमा ज्यान गुमाएका ११ जनाको शव व्यवस्थापन गर्नुपर्ने छ । बहराइनमा यो अवधिमा पाँच जनाको ज्यान गएको छ जसमध्ये दुई जनाका परिवारले उतै अन्त्येष्टिका लागि अनुमति दिएका छन् भने अब तीनवटा शव ल्याउन बाँकी छन् ।
दक्षिण कोरियामा यो अवधिमा ज्यान गुमाउने चारै जनाको शव उतै अन्त्येष्टिका लागि अनुमति आएको बोर्डले जनाएको छ । यो अवधिमा ओमानमा एक र अन्य विभिन्न देशमा ११ जनाको ज्यान गएको छ । विभिन्न देशमा ज्यान गुमाउने ११ जनामध्ये आठ जनाका परिवारले गन्तव्य देशमै अन्त्येष्टिका लागि अनुमति दिएका छन् ।
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी