काठमाडौं । सरकारले ‘लकडाउन’ जेठ ५ गतेसम्म लम्ब्याएपनि यसलाई केही खुकुलो बनाएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले लकडाउनको ‘मोडालिटी’ केही परिमार्जन गरिएको जानकारी गराएका हुन् ।
सरकारले औद्योगिक उत्पादन तथा वितरण खुला गरेको छ । मन्त्री खतिवडाले सुरक्षात्मक उपाय अपनाएर निर्माण उद्योगहरु पूर्णरुपमा सञ्चालन गर्न दिइने निर्णय भएको बताए । निर्माण सामग्री, कृषि तथा पशुपक्षीको ढुवानी पनि खुकुलो पारिएको छ । उद्योगबाट ‘लोड’ भएका सामान गन्तव्यस्थलसम्म लान दिइने भएको छ । बिमा, बैंकिङ, धितोपत्र बजार पनि एकतिहाइ कर्मचारीमार्फत् सञ्चालन गर्न सकिने व्यवस्था गरिएको पनि मन्त्री खतिवडाले जानकारी गराए । काठमाडौं छिर्ने गाडीका चालक र सहचालकको विवरण राखेर ढुवानी सहज गरिने भएको हो ।
राजमार्गका होटल तथा रेष्टुराँहरु पनि निश्चित मापदन्ड अपनाएर सीमितरुपमा खोल्न दिइने व्यवस्था गरिएको पनि मन्त्री खतिवडाले उल्लेख गरे । तर, राजमार्गका ती रेष्टुराँहरुबाट खानाको प्याकेटमात्र उपलब्ध गराउन सकिने भएको छ । यस्तै, राजमार्गमा सीमित मात्रामा गाडी वर्कसप पनि खोल्न दिइने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । यसैगरी, सरकारले जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय हवाई उडान र सीमानाकामा आवागमन बन्द गर्ने निर्णय गरेको छ ।
वैशाख २६ गतेदेखि कुन कुन क्षेत्र खुल्ला ?
कफी उद्योग, चाउचाउ उद्योग, मसला उद्योग, कफी उद्योग, प्याकेजिङ गर्ने उद्योग, दाल उद्योग, दाना उद्योग, ग्याउ उद्योग, चिनी उद्योग, खाने तेल तथा घ्यू उद्योग, ईंटा उद्योग, खानेपानी उद्योग, औषधी उद्योग, दुग्धजन्य उद्योग, फलाम, सिमेन्ट, विद्युतीय सामग्री उद्योग, जुस, प्लाईउड, फलाम, खानी, धान तथा चामल, बालुवा प्रशोधन, जस्तापाता, लघु तथा घरेलु, अलैंची तथा अदुवा प्रशोधन, ग्रिल, सःमिल, ढुवानी तथा कार्गो सेवा, मोटर ग्यारेज, आल्मुनियम, फोहोर मैला तथा प्रशोधन, हेभि मेसिनरी औजार, खनीजजन्य उद्योग र खानी, छापाखाना तथा प्रेस, विशेष आर्थिक क्षेत्रमा सञ्चालित सवै उद्योग, औद्योगिक क्षेत्रका सवै उद्योग,चिया प्रशोधन लगायतका उद्योगहरु सञ्चालन गर्न पाइने छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते