
लन्डन । बेलायतका लागि नेपाली पूर्व राजदूत
मुरारीराज शर्माको ह्दयघातका कारण मंगलबार लन्डनमा निधन भएको छ ।
लन्डन पट्नी निवासी ६८ वर्षीय शर्माको बिहान पौने ११ बजेतिर घरमै निधन भएको शर्माका आफन्त एवं दूतावासका पूर्व कर्मचारी अनिल अधिकारीले जानकारी दिए । उनी ‘मर्निङ वाक’ गरि घर फर्किएर ब्रेकफास्ट खाएपछि त्यस्तो दुःखद निधन भएको हो ।
शर्माको शव टुटिङस्थित सेन्ट जोर्ज हस्पिटलमा राखिएको छ । शर्मा श्रीमति निलाका साथ लन्डनमा थिए । उनका दुई छोरा अमेरिकामा चिकित्सक छन् । शर्माको अन्त्येष्टी छोराहरु अमेरिकाबाट आएपछि कहां गर्ने भन्नेबारे टुंगो लाग्ने अधिकारीले बताए ।
सन् २००७ नोभेम्बर देखि २००९, अप्रिलसम्म शर्मा लन्डनस्थित नेपाली दूतावासमा १८ औं राजदूतका रुपमा कार्यरत थिए । उनले संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि भएर पनि काम गरेका थिए । पूर्व परराष्ट्र सचिव शर्माले अर्थ, गृह र सामान्य प्रशासन मन्त्रालयमा पनि काम गरे ।
लन्डनमा राजदूतको कार्यकाल बांकी छंदै प्रचण्ड नेतृत्वको तत्कालिन माओवादी सरकारले उनलाई फिर्ता बोलाएपछि शर्मा सुरक्षाका कारण भन्दै नेपाल नगइ लन्डनमै बसेका थिए ।
राजदूतबाट हटेपछि शर्मा लन्डनमा पुस्तक, लेख, गीत, कविता लेखन आदिमा व्यस्त थिए । उनको स्थायी घर भोजपुर दिङ्ला हो ।
शिशुलाई जबरजस्ती स्वीकार गराइएको घटनामा बेलायतका प्रधानमन्त्रीद्वारा माफी
बेलायतमा ‘फस्ट तामाङ फेस्टिभल लन्डन २०२६’ हुँदै, नेपालबाट चर्चित कलाकार आउने
सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री शिशिर खनाल [अन्तर्वार्ता]
इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित