शनिबारको दिन, लण्डनको चिसो मौसम र सबैको व्यस्त जिन्दगी । आजकलको भौतिकवादी संसारमा काम, परिवार र समाजको लागि दिनुपर्ने समयबाट केही समय निकालेर लण्डनको व्यस्त जिन्दगीमा आध्यात्मिक प्रवचन, ध्यान, योग र सत्संगको लागि हाम्रो जमघट भयो ।
सबैको मनमा सायद शान्त र आनन्दमय जीवन जिउने अभिलाषा थियो । कुनै न कुनै रुपमा त्यो दिन आफूलाई सबै कुराबाट अलग गरेर केवल आफ्नै लागि निकालेको समय थियो ।
एक किसिमको शान्त वातावरण थियो त्यहाँ । कोठाको कुनामा दीप जलन भइरहेको थियो । परमपूज्य स्वामीको ठूलो तस्विरमा फूलको गुच्छा चढाइएको थियो । कोठामा लहरै बस्ने चकटीहरु राखिएका थिए । धुप वा अगरबत्तिको वास्नाले कोठा नै मगमग भइरहेको थियो ।
परमपूज्य स्वामीले परिचय र प्रवचनबाट दिनको शुरुवात गर्नुभयो । त्यहाँ ध्यान, योग, हल्का शारीरिक ब्यायाम र प्रवचन कार्यक्रम थियो । स्वामीको मिठो प्रवचनमा सबैजना लट्ठ थिए । हल्का शारीरिक व्यायामले सबैको शरीरमा स्फूर्ती आउंदै थियो ।
अब ध्यानको पालो आयो । स्वामीले भन्नु भयो, ‘मनलाई एकाग्र पार्ने, आँखा बन्द गर्ने, विचार शुन्य गर्ने, आफ्नै स्वास प्रस्वास सुन्ने, जे जस्तो होस् बाहिरी संसारको कुनै कुरामा ध्यान नदिने ।’ स्वामीले भने जस्तै हामी सबै त्यस्तै गर्दै थियौ । आँखा बन्द, विचार शुन्य र मन एकाग्र ।
एकाएक कोठामा ‘टुई टुई टुई टुई टुई’ गर्दै लगातार ठूलो आवाज आयो । सबैलाई थाहा भयो, यो आवाज फायर ‘अलार्म’ को नै हो । मनमा द्विविधा भयो, निरन्तर ध्यान गर्ने वा ध्यान भंग गर्ने ? तर, त्यहाँ एकै चोटी खित्का छुट्यो । एकैछिनमा व्यंग चल्यो, भौतिकवादले अध्यात्मवादलाई चुनौती दियो ।अर्थात, अगरबत्तीको बास्ना मिश्रित धुवांले बजाएको ‘फायर अलार्म’ ले ध्यानलाई चुनौती दियो । तरपनि हाम्रो मनको चाहनालाई भने कसैले चुनौती दिन सकेन । जहाँ संकल्प, त्यहाँ सफलता । अस्तु
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री