सूचना प्रविधिको विकास र प्रयोगले आम मानिसको दैनिकी धेरै हदसम्म सहज र सरल भएको छ । इन्टरनेटको माध्यमले विश्वब्यापी सञ्जालको पहुंचलाई हरेक व्यक्तिको मुठ्ठीमा ल्याइदिएको छ । अहिले आर्थिक कारोबार, वस्तु र सेवाको खरिद बिक्री देखि मानवीय आवश्यकताका धेरैजस्तो सेवा सुविधा इन्टरनेट र मोबाइल ‘एप्लीकेसन’ मार्फत नै उपलब्ध हुन थालेका छन् । यसै क्रममा नेपालभर सामान ढुवानी सेवा सहज र सरल बनाउन तथा बाटोमा सवारी साधन बिग्रिएको अवस्थामा तुरुन्त मर्मत सेवा उपलब्ध गराउन इ ट्रान्सपोर्टेसन सर्भिस् शुरु भएको छ । इ-ट्रान्सपोर्टेसन सर्भिसमार्फत सामान आयात निर्यात गर्ने कम्पनी र आमनागरिकले कसरी सेवा लिन सक्नेछन् भन्ने विषयमा लन्डनस्थित यस कम्पनीका प्रबन्ध निर्देशक सन्तोष मण्डलसंग गरिएको कुराकानी-
इ-ट्रान्सपोर्टेसन सर्भिसबारे बताइदिनु होस् न ?
इ-ट्रान्सपोर्टेसन डिजिटल प्लेटफर्म हो, जसले ढुवानी सेवा प्रवाह गर्नेहरुलाई काम गर्न छिटो र सजिलो बनाउंछ । साथै ढुवानी यातायात धनीलाई आफ्नो बिजनेस म्यानेज गर्न मद्दत पुरयाउंछ । साथै ‘भेइकल ब्रेकडाउन’ सर्भिस अन्तर्गत मुख्य राजमार्गहरुमा कुनै पनि सवारी साधन बिग्रियो भने मर्मत गर्न हाम्रो सर्भिसले छिटो छरितो रुपमा मेकानिक्सहरु पठाएर सेवा प्रदान गर्दछ । जसबाट नयां ठाउंमा सवारी साधन बिग्रिएर अलपत्र पर्न सक्ने अवस्थाको न्यूनीकरण गर्न आम नागरिकलाई मद्दत पुग्ने हाम्रो विश्वास छ ।
‘भेइकल ब्रेकडाउन’ का लागि देशैभरिका मुख्य राजमार्गहरुमा मेकानिक्स् पुरयाउन कसरी सम्भव छ ?
हो, यसमा चुनौती छ । तर, हामी यसको समाधान गर्न सक्छौं । देशभरका मुल सडकहरुमा सञ्चालित वर्कसपहरु हाम्रो सर्भिसमा रजिष्टर भएका हुन्छन्, रजिष्टर हुने क्रम जारी छ । सेवाग्रहीसंग सवारी बिग्रेको स्थान वरपरको वर्कसपसम्म पुग्न, खोज्न अथवा सम्पर्क नम्बर नहुन सक्छ । त्यस्तो अवस्थामा समस्या हुन्छ नै । त्यसैले सेवाग्राहीले हाम्रो एप्लीकेसन प्रयोग गर्नु भएको छ वा हाम्रो कस्टमर सर्भिसमा फोन गर्नुभयो भने उहांले दिनु भएको लोकेसनको आधारमा हामी त्यस नजिकको वर्कसपलाई सम्पर्क गरि मर्मत सेवाका लागि छिटो भन्दा छिटो पठाउंछौं ।
यो सर्भिस लिन कस्टमरले कुनै शुल्क तिर्नुपर्छ वा निशुल्क ?
सवारी मर्मतका लागि सम्भव भएसम्म हामीले ३६५ दिन नै सेवा प्रदान गर्ने प्रयासमा छौं । यसका लागि वार्षिक मेम्बरसीप प्रदान गर्ने छौं र यसका लागि निश्चित मेम्बरसीप चार्ज लाग्छ । थोरै रकमले उहांहरुको यात्रामा आउन सक्ने समस्या सहजै समाधान हुन सक्छ ।
यो सर्भिसको ‘कन्सेप्ट’ कसरी आयो ?
इ ट्रान्सपोर्टेसन बिजनेसमा दुईवटा सर्भिस् छ- ढुवानी म्यानेजमेन्ट र भेइकल ब्रेकडाउन सर्भिस् । म अहिले
युकेमा बस्छु र डिजिटल बिजनेस सम्बन्धि नै काम गरिरहेकाले गर्दा नेपालमा पनि आफूले जानेको कुरा भित्रयाउन पर्छ भन्ने सोच्थें । त्यसैले अनुसन्धानका क्रममा केमा डिजिटल प्रविधि अपनाउन सकिन्छ भन्दा ढुवानी बिजनेसको सोच आयो र यो नेपालको एउटा ठूलो बिजनेस अनि नयां कन्सेप्ट पनि हो । साथै ‘भेइकल ब्रेकडाउन सर्भिस्’ पनि मेरो युकेको अनुभवले गर्दा नै आएको हो ।
अहिले कहां कहां सेवा प्रदान गरिरहनुभएको छ ?
हाम्रो लक्ष्य नेपाल भरी नै आफ्नो सर्भिस दिने छ । ढुवानी प्लेटफर्म अहिले प्रदेश नं ५ बाट सुरु भएको छ र अब प्रदेश नं ४ र ६ समेट्दै छिटो भन्दा छिटो देशै भरि सेवा विस्तार गर्ने तयारीमा छौं । भेइकल ब्रेकडाउन सर्भिस्का लागि नेपालको प्रमुख राजमार्गमा रहेका धेरैजसो ग्यारेजहरु हामीसंग आवद्व छन् र हामीले सेवा प्रदान गरिराखेका छौं । नारायणघाट– काठमाण्डौं, हेटौंडा–काठमाण्डौं, नयांमार्ग– हेटौंडा,- बीरगंज– हेटौंडा- बिराटनगर र हेटौंडा- काकरभित्तासम्मको रुटमा रजिष्टर भएका सर्भिस् प्रोभाइडर वर्कसपहरु छन् ।
शुरुवाती चरणमा के कस्ता समस्या आए ? यसमा नीतिगत समस्या छन् कि छैनन् ?
शुरुवाती चरणमा कस्टरमरलाई यो एप्लीकेशनको बारेमा बुझाउन समय लाग्यो । हामी अझै पनि यसबारे जानकारी प्रदान गर्दैछौं, जुन जारी नै रहन्छ । नीतिगतरुपमा भने हामीलाई खासै समस्या
छैन् । सजिलैसंग हामीले सरकारबाट एप्लीकेशन सुचारु गर्न अनुमति पायौं । अहिले नेपाल सरकारले समेत हरेक क्षेत्रलाई डिजिटलाइज्ड गर्ने कार्य भइरहेको हुंदा धेरै सहज भएको छ ।
सेवाग्राहीहरुबाट कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?
हालसम्म सेवाग्राहीहरुबाट हामीले धेरै सकारात्मक प्रतिक्रिया र सपोर्ट पाइरहेका छौं । र केही चासोहरु पनि पाएका छौं । जस्तै कतिपय गाडी चालकहरु शिक्षित हुनुहुन्न कसरी म्यानेज गर्नुहुन्छ सोध्नुहुन्छ । यदि
उहांहरु फेशबुक चलाउनु हुन्छ भने हाम्रो एप्लीकेशन सजिलै चलाउन सक्नुहुनेछ ।
ढुवानी सेवामा भाडादरको विश्वसनीयता कसरी हुन्छ?
यो डिजिटल प्लेटफर्म हो जसमा सबैं कुरा पारदर्शी हुन्छ । त्यसले गर्दा ढुवानी सेवाको भाडादर हामीले तोक्दैनौं तर भविष्यमा गएर यसले भाडादरमा खुल्ला प्रतिष्पर्धात्मक अवस्था सिर्जना गर्न मद्दत पुरयाउंछ ।
विदेशमा बसेर पनि नेपालमा बिजनेस कसरी म्यानेज गर्नु हुन्छ ?
इ-ट्रान्सपोर्टेशन बिजनेस एउटा डिजिटल बिजनेस हो जसले गर्दा संसारको कुनै ठाउंमा बसेर पनि म्यानेज गर्न सकिन्छ । त्यसमाथि म आफैंलाई भाग्यमानी ठान्दछु किनभने म संग समझदार र धेरै मेहेनती
स्टाफ टिम छन् । हाम्रो अरु बिजनेश पनि छ, जुन मेरो बुवा र भाइले संचालन गरिराख्नु भएको छ । जस्तै मण्डल माछा हयाचर इनोभेटिभ ट्रेनिङ्ग र अनुसन्धान केन्द्र अनि मण्डल दाना सप्लायर्स । बिजनेसमा फेमिली सपोर्टले गर्दा पनि मलाई सजिलो भएको छ ।
अन्त्यमा आम उपभोक्तहरुलाई के भन्न चाहनुहुन्छ ?
यो युग सूचना प्रविधिको युग हो । यसको अधिकतम उपयोग गरि आफ्नो व्यवसाय विस्तार र
दैनिकी सहज बनाउन अनुरोध गर्न चाहन्छु । र मलाई यो अवसर दिनु भएकोमा तपाईंको टिमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । –जनबोली
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान