
लण्डन । नेकपा निकट प्रवासी नेपाली एकता मंच यूकेका नेताहरुले भिजिट नेपाल २०२० मा सरकारलाई सघाउने भएका छन् ।
संयुक्त अधिराज्य बेलायतमा रहेका संस्कृति तथा पर्यटनमन्त्री योगेश भट्टराईलाई स्वागत गर्दै उनीहरुले सरकारले अघि सारेको महत्वकाक्षी योजनामा सघाउने भएका हुन् । ‘बेलायतका नेपाली साथीहरुले यहाँस्थित बेलायतीलाई नेपाल पठाउने र अन्य खाले सहयोग गरेर सरकारको योजनामा सघाउने छौं’-पूर्व प्रवासी नेपाली मंच यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले भने ।
मन्त्री भट्टराई नोभेम्बर ४ देखि ७ सम्म लण्डनको एक्सेल एक्जिबिसन सेन्टरमा हुने ‘वल्ड ट्राभल मार्ट’ मा सहभागी हुन लन्डनमा छन् ।
सोमबार ह्यारोमा मन्त्री भट्टराईलाई स्वागत गर्न प्रवासी नेपाली मंच यूके अध्यक्ष राजेन्द्र पुडासैनी, जनप्रगतिशील नेपाली मंच यूकेका अध्यक्ष सुरेश गौतम, प्रवासी नेपाली मंच यूकेका संस्थापक अध्यक्ष आङ कल्जङ लामा, पूर्व अध्यक्ष दिनेश घिमिरे, भक्त गुरुङ, धन क्षेत्री, सरस्वती केसी, कुमार केसी, दिपक श्रेष्ठ, प्रतिमा केसी, विजय लिम्बु, दिलीप महासेठ, जीत रानाभाट, कृष्ण तिवारी, सुन्दर खतिवडालगायतको उपस्थिति थियो ।
गत शनिवार पर्यटनमन्त्री भट्टराईलाई बेलायतस्थित नेकपाका नेताहरुले हिथ्रो विमानस्थलमा स्वागत गरेका थिए ।
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
मध्यपूर्व तनाव चर्कियो
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री