लन्डन- केही हप्ताको रस्साकस्सीपछि गैर आवासीय नेपाली संघ बेलायतको चुनावी माहोल साम्य भएको छ । संघको इतिहासमा बेलायतले एक सक्षम तथा जुझारु महिला नेतृत्व पाएको छ । विजेता एक पक्षले विजयी समारोह मनाइसकेको छ भने अर्को पक्षले अझै सपथ ग्रहण नगरेको अवस्था छ ।
खाटा बस्न लागेको घाउलाई फेरि चर्काउने खेलमा केही केन्द्रीय नेताहरू लागेको र विश्वको सबैभन्दा ठूलो एनसीसी बेलायतको ‘डेलिगेट’ लिस्टमा चलखेल वा षडयन्त्र गरेर नव निर्वाचित अध्यक्ष पुनम गुरुङ र उनको स्वच्छ छविमा दाग लगाउने काम हुन थालेको भनि गैर आवासीय नेपाली संघका अग्रजहरूले चिन्ता व्यक्त गरेका छन् ।
केन्द्रीय नेताहरूको इसारा र प्रलोभनमा परेर बेलायतबाटै केही व्यक्तिहरूले नव निर्वाचित महासचिव फडिन्द्र भट्टराईलाई पनि विवादमा पार्न चलखेल गरेका खबरहरु सामाजिक संजालमा आइरहेका छन् ।
नयां कार्यसमितिलाई मतदान गर्ने मतदाताले नयांपन र परिवर्तन आस गरेकोमा नितान्त व्यक्तिगत भ्रमणमा आएका भनिएका केन्द्रीय महासचिवलाई खादा लगाउन नवनिर्वाचित कमिटीका जिम्मेवार नेताहरू एयरपोर्ट पुग्नुलाई ‘चाकडी प्रवृत्तिको निरन्तरता’ को रुपमा हेरिएको छ ।
एकजना केन्द्रिय नेता बेलायत आउनासाथ कार्यसमितिको निर्णय बेगर गैर आवासीय नेपाली संघ बेलायतको वेबसाइटमा रहेका सदस्यहरूको लिस्ट अकस्मात हटाइनुले अनेक आशंका जन्माएको छ । जब कि इच्छुक डेलीगेटसहरूले आफ्नो सदस्यता नम्बर हेर्न लिस्टमा हेर्नुपर्ने हुन्छ । लिस्टको लिंक हटाईएसंगै त्यो नपाइने भएको छ भने लिस्टमा नभएका नयां नाम थपिने आशंका जन्माएको छ ।
बेलायतको निर्वाचनताका उत्पन्न असहमतिहरूलाई मिलाएर दुबै पक्षलाई एक स्थानमा ल्याउने र सहज वातावरण बनाउन केन्द्रीय उपाध्यक्ष कुल आचार्यले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
अध्यक्षका उम्मेदवार कुमार पन्तले एक पक्षलाई साथ दिएजस्तो गरी विना समाधान जबरजस्ती पेलेर बिवाद मिलाउन उक्साएको तथा वर्तमान केन्द्रीय महासचिवले केन्द्रीय उपाध्यक्षको सकारात्मक, सहज र दीगो पहलको ख्याल नगरी पटक-पटक लेटरप्याडको दुरुपयोग गर्दै कार्यसमितिलाई पत्तो नदिई तोक आदेश गर्ने गरेको आरोप लागेको छ ।
केन्द्रीय अध्यक्ष भवन भट्ट लगायतका जिम्मेवार नेताहरूले एनसिसिको अधिकारमा चलखेल गरेर निष्पक्ष निर्वाचन र नेतृत्व हस्तानतरण प्रक्रियालाई व्यवधान नगर्न अनुरोध गरेका छन् ।
नवनिर्वाचित अध्यक्ष पुनम गुरुङबाट अहिले विद्यमान चलखेल र विकृति रोकिने आस गरेका गैर आवासीय नेपाली तप्काबाट केही पत्रकार र फेसबुककारहरू सल्लाहकार बनी संस्थाको सूचनालाई जान्ने भएर आदेश जस्तो गरेर संप्रेषण गरिनु, केहीले कार्यसमितिलाई निर्देश नै गरे झैं गरी इसारामा नचाउन खोज्नु जस्ता गतिविधि हुन थालेपछि गम्भीर चासोका साथ हेरिएको छ ।
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य