लन्डन- केही हप्ताको रस्साकस्सीपछि गैर आवासीय नेपाली संघ बेलायतको चुनावी माहोल साम्य भएको छ । संघको इतिहासमा बेलायतले एक सक्षम तथा जुझारु महिला नेतृत्व पाएको छ । विजेता एक पक्षले विजयी समारोह मनाइसकेको छ भने अर्को पक्षले अझै सपथ ग्रहण नगरेको अवस्था छ ।
खाटा बस्न लागेको घाउलाई फेरि चर्काउने खेलमा केही केन्द्रीय नेताहरू लागेको र विश्वको सबैभन्दा ठूलो एनसीसी बेलायतको ‘डेलिगेट’ लिस्टमा चलखेल वा षडयन्त्र गरेर नव निर्वाचित अध्यक्ष पुनम गुरुङ र उनको स्वच्छ छविमा दाग लगाउने काम हुन थालेको भनि गैर आवासीय नेपाली संघका अग्रजहरूले चिन्ता व्यक्त गरेका छन् ।
केन्द्रीय नेताहरूको इसारा र प्रलोभनमा परेर बेलायतबाटै केही व्यक्तिहरूले नव निर्वाचित महासचिव फडिन्द्र भट्टराईलाई पनि विवादमा पार्न चलखेल गरेका खबरहरु सामाजिक संजालमा आइरहेका छन् ।
नयां कार्यसमितिलाई मतदान गर्ने मतदाताले नयांपन र परिवर्तन आस गरेकोमा नितान्त व्यक्तिगत भ्रमणमा आएका भनिएका केन्द्रीय महासचिवलाई खादा लगाउन नवनिर्वाचित कमिटीका जिम्मेवार नेताहरू एयरपोर्ट पुग्नुलाई ‘चाकडी प्रवृत्तिको निरन्तरता’ को रुपमा हेरिएको छ ।
एकजना केन्द्रिय नेता बेलायत आउनासाथ कार्यसमितिको निर्णय बेगर गैर आवासीय नेपाली संघ बेलायतको वेबसाइटमा रहेका सदस्यहरूको लिस्ट अकस्मात हटाइनुले अनेक आशंका जन्माएको छ । जब कि इच्छुक डेलीगेटसहरूले आफ्नो सदस्यता नम्बर हेर्न लिस्टमा हेर्नुपर्ने हुन्छ । लिस्टको लिंक हटाईएसंगै त्यो नपाइने भएको छ भने लिस्टमा नभएका नयां नाम थपिने आशंका जन्माएको छ ।
बेलायतको निर्वाचनताका उत्पन्न असहमतिहरूलाई मिलाएर दुबै पक्षलाई एक स्थानमा ल्याउने र सहज वातावरण बनाउन केन्द्रीय उपाध्यक्ष कुल आचार्यले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
अध्यक्षका उम्मेदवार कुमार पन्तले एक पक्षलाई साथ दिएजस्तो गरी विना समाधान जबरजस्ती पेलेर बिवाद मिलाउन उक्साएको तथा वर्तमान केन्द्रीय महासचिवले केन्द्रीय उपाध्यक्षको सकारात्मक, सहज र दीगो पहलको ख्याल नगरी पटक-पटक लेटरप्याडको दुरुपयोग गर्दै कार्यसमितिलाई पत्तो नदिई तोक आदेश गर्ने गरेको आरोप लागेको छ ।
केन्द्रीय अध्यक्ष भवन भट्ट लगायतका जिम्मेवार नेताहरूले एनसिसिको अधिकारमा चलखेल गरेर निष्पक्ष निर्वाचन र नेतृत्व हस्तानतरण प्रक्रियालाई व्यवधान नगर्न अनुरोध गरेका छन् ।
नवनिर्वाचित अध्यक्ष पुनम गुरुङबाट अहिले विद्यमान चलखेल र विकृति रोकिने आस गरेका गैर आवासीय नेपाली तप्काबाट केही पत्रकार र फेसबुककारहरू सल्लाहकार बनी संस्थाको सूचनालाई जान्ने भएर आदेश जस्तो गरेर संप्रेषण गरिनु, केहीले कार्यसमितिलाई निर्देश नै गरे झैं गरी इसारामा नचाउन खोज्नु जस्ता गतिविधि हुन थालेपछि गम्भीर चासोका साथ हेरिएको छ ।
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?