
लन्डन । झण्डै एक साता बाँकी रहंदा गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको निर्वाचनमा सचिव पदका उम्मेदवार कोशलेश्वर ढकाल (कृष्ण) चर्चाको शीर्ष स्थानमा छन । एनआरएनए यूके र मिडल्याण्डलाई भित्री रुपमा जोडन भूमिका निर्वाह गरेका कोशलेश्वर (कृष्ण) ढकाल १४ सेम्टेम्बरमा हुने एनआरएनए यूकेको निर्वाचनमा मतदाताबीच चर्चाको शीर्ष स्थानमा पुगेका हुन् ।
केही भागमा सीमित रहेको एनआरएनए यूकेलाई बेलायतभर पुरयाउनु पर्छ भनेर दिनरात नभनि उक्त अभियानमा हिंडेका ढकालको मिजासिलो स्वभावले सबैको मन जित्न सफल भएको छ । कम वोल्ने र बढी काम गर्ने स्वभावका ढकाल यतिबेला निर्वाचन प्रचारमा बेलायतभर मतदाताको घर दैलो अभियानमा छन् । फोन, इमेल, सामाजिक सञ्जाल तथा भौतिक रुपमा भेटेर निर्वाचन अभियानमा लागेका ढकाललाई पारिवारिक सहयोग समेत प्राप्त छ ।
हस्पिटालिटी व्यवसायमा रमाइरहेका ढकाल आफूले मतदाताको भोट पाउनेमा आशावादी छन् । सचिव जस्तो पद ओगटेर बस्ने भन्दा पनि काम गरेर देखाउनका लागि हुनुपर्ने उनको भनाई छ । एनआरएनए परिचय पत्रलाई बृहत डिस्काउन्ट कार्डमा परिवर्तन गर्ने योजना उनको छ । ‘एनआरएनए परिचय पत्रले प्लेनमा टिकट लिंदा, हामीले रेस्टुरेन्टमा खाना खाँदा वा नेपालीले गरेको व्यवसायमा छुटको व्यवस्था गराउने ठोस योजना ल्याएको छु’- उनले वीनेपालीसँग भने ।
एनआरएनए यूके कार्यसमितिमा आउने र आफ्नो स्वार्थपूर्ति भन्दा टाढा रहेका ढकालले सचिव पदमा बिजय भएपछि केही नयाँ योजना पनि बेलायती नेपालीमाझ ल्याउन लागेका छन् । बेलायतस्थित नेपाली समुदायको हितमा केही गर्ने अठोटका साथ सचिव पदमा उम्मेदवार भएका ढकालको चुनावी प्रचार आक्रमक देखिन्छ ।
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने