लन्डन । एनआरएनए भन्नासाथ बुद्धिजीवी, पेशाकर्मीहरुको सहभागिता कम व्यापारी तर पैसावालहरुको बढी संलग्नता भएको संस्था बुझिन्छ । तर आसन्न एनआरएनए युकेका केही शिक्षित र बौद्धिक उम्मेदवार पनि चुनावी मैदानमा छन् । यस्तैमा एक उम्मेदवार हुन् युके राष्ट्रिय समन्वय समितिमा महिला सचिवकी उम्मेदवार लीला हाङमा सेलिङ माबो ।
पाँचथरको साबिक ओयाम गाबिस (हाल याङवरक गाउँपालिका ३) मा बुबा भीमकुमार सेलिङ र आमा राममाया सेलिङकी पहिलो सन्तानका रुपमा लीलाको जन्म भएको हो । उनका बाबा पूर्व प्रधानाध्यापक र विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हुन् भने आमा महिला सङ्गठन ओयामकी पूर्व सभापति हुन् । बाबाकै पाइला पछ्याउँदै उनले गुप्तेस्वर उच्च मावि ओयामबाट एसएलसी पास गरेपछि लोकसेवा आयोगबाट नाम निकाली सिद्देश्वरी प्राविमा शिक्षिका बनिन् । त्यसो त उनी ओयामबाट एसएलसी उत्तीर्ण गर्ने पहिलो महिला पनि हुन् । त्यसपछि उनले कलिलै उमेरमा धर्मभक्त प्राविमा प्रधानाध्यापकका रुपमा नेतृत्व पनि सम्हालिन् ।
ब्रिटिश सेनामा कार्यरत श्रीप्रसाद माबोसित वैवाहिक बन्धनमा बाँधिएपछि पनि उनले उच्च शिक्षालाई चटक्कै छोडिनन् । दुई छोरी र एक छोरालाई हुर्काउँदै उनले महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामबाट आइए र पाँचथर बहुमुखी क्याम्पस फिदिमबाट बीए उत्तीर्ण गरिन् ।
गोर्खाहरुलाई बेलायत बसोबासको अवसर पाएर युके आएपछि उनले जगैबाट अध्ययनलाई निरन्तरता दिइरहिन् । उनले क्वीन म्यारी कलेज बेजिङस्टोकबाट जीसीएसइ, फार्नब्रो कलेज अफ टेक्नोलोजीबाट बायोलोजी, साइकोलोजी, सोसिओलोजी र हिस्ट्रीमा ए लेभल, डेन्टल नर्सिङमा डिप्लोमा र युनिभर्सिटी अफ सरेबाट क्रिमिनोलोजी र साकोलोजीमा स्नातक पनि गरेकी छिन् ।
आमाको पद्चिन्ह पछ्याउँदै उनी सामाजिक कार्यमा पनि सक्रिय छिन् । पाँचथर सेवा समाजको साँस्कृतिक विभाग, उपाध्यक्ष हुँदै हाल सल्लाहकार रहेकी सेलिङ किरात याक्थुङ चुम्लुङ युकेको रसमुर शाखाकी अध्यक्ष, किरात याक्थुङ महिला चुम्लुङ युकेकी अध्यक्ष समेत भइसकेकी छिन् । उनी अहिले चुम्लुङको केन्द्रीय उपाध्यक्ष छिन् । नेपाल आदिवासी जनजाति महासंघ युकेकी उपाध्यक्ष समेत रहेकी उनी बेलायतको स्थानीय चुनावमा काउन्सिलको उम्मेदवार पनि भइसकेकी छिन् । ग्रेटर रसमुर नेपाली कम्युनिटीमा महिला फोरम संयोजक भएर पनि उनले काम गरेकी छिन् ।
नेपाली र लिम्बु भाषामा साहित्य लेख्न रुचाउने सेलिङको ‘लाहुरेनी पीडा’ नामक पुस्तक पनि प्रकाशित छ ।
ब्यक्तिगत स्वार्थभन्दा सामाजिक हितका लागि दिलोज्यान दिन मन लाग्ने गरेकाले एनआरएनए युकेमा उम्मेदवारी दिएको उनको भनाइ छ । एनआरएनए युकेलाई सबै किसिमका नेपालीहरु अट्ने समावेशी थलो बनाउन पनि आफूले महिला सचिव पदमा उम्मेदवारी दिएको उनले बताइन् ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित