लन्डन । एनआरएनए भन्नासाथ बुद्धिजीवी, पेशाकर्मीहरुको सहभागिता कम व्यापारी तर पैसावालहरुको बढी संलग्नता भएको संस्था बुझिन्छ । तर आसन्न एनआरएनए युकेका केही शिक्षित र बौद्धिक उम्मेदवार पनि चुनावी मैदानमा छन् । यस्तैमा एक उम्मेदवार हुन् युके राष्ट्रिय समन्वय समितिमा महिला सचिवकी उम्मेदवार लीला हाङमा सेलिङ माबो ।
पाँचथरको साबिक ओयाम गाबिस (हाल याङवरक गाउँपालिका ३) मा बुबा भीमकुमार सेलिङ र आमा राममाया सेलिङकी पहिलो सन्तानका रुपमा लीलाको जन्म भएको हो । उनका बाबा पूर्व प्रधानाध्यापक र विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हुन् भने आमा महिला सङ्गठन ओयामकी पूर्व सभापति हुन् । बाबाकै पाइला पछ्याउँदै उनले गुप्तेस्वर उच्च मावि ओयामबाट एसएलसी पास गरेपछि लोकसेवा आयोगबाट नाम निकाली सिद्देश्वरी प्राविमा शिक्षिका बनिन् । त्यसो त उनी ओयामबाट एसएलसी उत्तीर्ण गर्ने पहिलो महिला पनि हुन् । त्यसपछि उनले कलिलै उमेरमा धर्मभक्त प्राविमा प्रधानाध्यापकका रुपमा नेतृत्व पनि सम्हालिन् ।
ब्रिटिश सेनामा कार्यरत श्रीप्रसाद माबोसित वैवाहिक बन्धनमा बाँधिएपछि पनि उनले उच्च शिक्षालाई चटक्कै छोडिनन् । दुई छोरी र एक छोरालाई हुर्काउँदै उनले महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामबाट आइए र पाँचथर बहुमुखी क्याम्पस फिदिमबाट बीए उत्तीर्ण गरिन् ।
गोर्खाहरुलाई बेलायत बसोबासको अवसर पाएर युके आएपछि उनले जगैबाट अध्ययनलाई निरन्तरता दिइरहिन् । उनले क्वीन म्यारी कलेज बेजिङस्टोकबाट जीसीएसइ, फार्नब्रो कलेज अफ टेक्नोलोजीबाट बायोलोजी, साइकोलोजी, सोसिओलोजी र हिस्ट्रीमा ए लेभल, डेन्टल नर्सिङमा डिप्लोमा र युनिभर्सिटी अफ सरेबाट क्रिमिनोलोजी र साकोलोजीमा स्नातक पनि गरेकी छिन् ।
आमाको पद्चिन्ह पछ्याउँदै उनी सामाजिक कार्यमा पनि सक्रिय छिन् । पाँचथर सेवा समाजको साँस्कृतिक विभाग, उपाध्यक्ष हुँदै हाल सल्लाहकार रहेकी सेलिङ किरात याक्थुङ चुम्लुङ युकेको रसमुर शाखाकी अध्यक्ष, किरात याक्थुङ महिला चुम्लुङ युकेकी अध्यक्ष समेत भइसकेकी छिन् । उनी अहिले चुम्लुङको केन्द्रीय उपाध्यक्ष छिन् । नेपाल आदिवासी जनजाति महासंघ युकेकी उपाध्यक्ष समेत रहेकी उनी बेलायतको स्थानीय चुनावमा काउन्सिलको उम्मेदवार पनि भइसकेकी छिन् । ग्रेटर रसमुर नेपाली कम्युनिटीमा महिला फोरम संयोजक भएर पनि उनले काम गरेकी छिन् ।
नेपाली र लिम्बु भाषामा साहित्य लेख्न रुचाउने सेलिङको ‘लाहुरेनी पीडा’ नामक पुस्तक पनि प्रकाशित छ ।
ब्यक्तिगत स्वार्थभन्दा सामाजिक हितका लागि दिलोज्यान दिन मन लाग्ने गरेकाले एनआरएनए युकेमा उम्मेदवारी दिएको उनको भनाइ छ । एनआरएनए युकेलाई सबै किसिमका नेपालीहरु अट्ने समावेशी थलो बनाउन पनि आफूले महिला सचिव पदमा उम्मेदवारी दिएको उनले बताइन् ।
 सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित महिला फुटबल नेपालसँग भारत पराजित
महिला फुटबल नेपालसँग भारत पराजित प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश ‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन