लन्डन । मिडिया, साहित्य, व्यवसाय र समाजसेवा । उल्लेखित क्षेत्रमा एकसाथ अगाडि बढेका फडिन्द्र भट्टराई एनआरएनए यूके आसन्न चुनावले बडो दौडधुपमा छन् । महासचिव पदका प्रत्यासी हुन् उनी । आफूलाई बलियो दावेदारका रुपमा प्रस्तुत गरिरहेका उनी एनआरएनएको स्थापनाकालदेखि नै एक कार्यकर्ताका रुपमा यस अभियानमा संलग्न छन् । उनले एनआरएनए यूकेको पांचौं कार्यसमिति (२०१३-१५) मा कार्यकारी सदस्य र छैंठौं कार्यसमिति (२०१५-१७) मा सचिवको जिम्मेवारीमा रहेर अनुभव संगाले । एनआरएन यूकेको विधान निर्माणका लागि गठित तीन सदस्यीय विधान समितिको एक सदस्यका रुपमा काम गर्ने क्रममा आफूले संस्थाको आन्तरिक पाटो समेत नजिकबाट बुझ्ने मौका पाएको उनी बताउंछन् ।
अहिले एनआरएन आइसिसीको मिडिया तथा भाषा, साहित्य दुवै ‘टास्कफोर्स’ मा सदस्य छन् । एनआरएनए यूकेमा सल्लाहकार पनि । एनआरएन अभियानका साथै अरु विभिन्न संघसंस्थामा आवद्ध रहेर पनि उनले सामाजिक क्षेत्रमा आफूलाई क्रियाशिल राख्दै आएका छन् ।
गुल्मी जिल्ला समाज यूके, चाल्टन नेपाली समाज यूके, प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिर लगायतका बेलायतस्थित केहि नेपाली संघसंस्थाको स्थापनादेखि वर्तमानसम्म पनि सक्रिय छन् उनी । यी संस्थाहरुको अलावा नेपाल पत्रकार महासंघ यूके, बुद्ध फाउण्डेसन यूकेसहितका संघसंस्थामा अहिले सल्लाहकारको भूमिकामा छन् भट्टराई ।
बेलायतको दुई दशक लामो बसाईका प्रारम्भिक दिनहरु अध्ययनमा बितेपनि पछिल्लो एक दशकदेखि व्यवसायमा संलग्न रहंदै आएका छन् उनी । त्यसबाहेक पत्रकारिता, समसामयिक लेखरचना तथा साहित्य सिर्जनाहरुमार्फत पनि समुदायसंगको आफ्नो सम्बन्धलाई थप निकट बनाउने मौका पाएको उनी बताउंछन् ।
‘विभिन्न सामाजिक संघसंस्थाहरुसंगै एनआरएनए अभियानका विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै जांदा धेरै कुरा देख्ने, बुझ्ने र सिक्ने अवसर मिल्दोरहेछ’, उनले भने, ‘संस्थाले सञ्चालन गरेका गौरवशाली कार्यहरु देख्दा झन उर्जा र उत्साह मिल्ने मात्र होइन, संस्थाभित्रका कैयौं कमजोरी र समस्याहरुले तीसंग जुधेर काम गर्ने हिम्मत र आकांक्षा पनि पैदा भएको छ ।’
काम गर्ने क्रममा हासिल गरेका यीनै अनुभव, सिकाइ र आफ्नो सीप, क्षमतालाई उपयोग गर्दै अब थप जिम्मेवारी बोकेर संस्था र यसका सदस्यहरुको हितमा काम गर्ने संकल्पसहित अघि बढ्न खोजेको उनले बताए । ‘मेरा समस्त अग्रज, सहकर्मी तथा शुभचिन्तक मित्रहरुबाट सधैं जस्तै साथ, सहयोग र मार्गदर्शनको आशा राखेको छु’, उनको अपिल छ, ‘यसपटक मलाई मत दिएर जिताउनु भए संस्थाको गरिमा झन् उचो बनाउने छु ।’
स्पष्ट वक्ता, भिजन भएका र वौद्धिक ‘पर्सनालिटी’ का रुपमा पनि परिचित छन् भट्टराई । उनको बोल्ने, लेख्ने कला एनआरएनए यूके महासचिव पदका लागि ‘प्लस पोइन्ट’ हुने धेरैको बुझाइ छ । यसपटकको चुनावमा महासचिव पदमा अरु प्रचारित प्रत्यासी कमजोर धरातलका भएकाले पनि भट्टराईलाई कतिपयले भावी महासचिवका रुपमा हेरिसकेका छन् ।
भारतको राजधानी नयाँदिल्लीमा होटलमा आगलागी : २१ को मृत्यु, दर्जनौँ घाइते
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
भारतका प्रधानमन्त्री मोदी र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
एनआरएनए कानुनको मस्यौदामाथि छलफल हुन्छ : परराष्ट्रमन्त्री खनाल
डायस्पोरिक कथासहित जानु काम्बाङको ‘खाम्योक’ उपन्यास आउँदै