बिहीबार, माघ ६ २०७८ | Thu, January 20, 2022
नेपालको समय: २३:३३ | UK Time: 17:48

दयानिधि सापकोटाले जन्मदिनमा मृगौला पीडितलाई दिए ५१ हजार

वीनेपाली
२०७६ साउन १४ गते ७:२७

लन्डन । बेलायतका एक व्यवसायीले आफ्नो जन्मदिनमा हुने खर्च कटाएर मृगौला पीडितलाई आर्थिक सहयोग गरेका छन् । बेलायतको मिडल्याण्ड लेस्टर निवासी दयानिधि सापकोटाले कावासोती नगरपालिका १२ का मृगौला रोगबाट पीडित गणेश सापकोटालाई सोमबार ५१ हजार रुपैयां प्रदान गरेका हुन् ।

३६ वर्षीय सापकोटाको दुवै मृगौला प्रत्यारोपण गर्नुपर्ने भएपनि आर्थिक अवस्था कमजोर भएका कारण उनको परिवारले आर्थिक सहयोग याचना गर्दै आएको छ ।

‘म आफ्नो बर्थ डे सेलिबे्रसिन गरेर रमाइलो भन्दा पीडित सापकोटाको मुहारमा उज्यालो हेर्न चाहन्थें’, सामाजिक अभियन्ता सापकोटाले भने, ‘थोरै भएपनि सहयोग गर्न पाउंदा खुशी छु ।’ सापकोटाले यसअघि पनि मातृभूमि र बेलायतको नेपाली डायस्पोरामा कयौं सहयोग गरेका छन् ।

एनआरएनमा मिडल्याण्डको एकजना सशक्त हस्ती सापकोटा आगामी निर्वाचनमा एनआरएनए आइसीसी सदस्यका प्रत्यासी हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक