लन्डन । बेलायतमा आयोजित एउटा शारिरीक सुगठन प्रतियोगितामा मनन गुरुङ ‘च्याम्पियन’ बनेका छन् । फार्नबोरोस्थित सामुयल कोडी स्पोर्टस् कलेज हलमा शनिबार सांझ आयोजित प्रतियोगितामा २९ वर्षीय गुरुङ सातौं ‘मिस्टर यूके नेपाल २०१९’ भएका हुन् । उनले एकहजार पाउण्डको चेक, मेडल र ट्रफी पाए ।
जितपछि उत्साहित हुंदै मननले यस प्रतियोगिताले आफ्नो आत्मबल झन् बढेको बताए । स्वस्थ्य रहनु जीवनको सबैभन्दा महत्वपूर्ण पाटो हो’, विगत पांच वर्षदेखि निरन्तर ब्यायममा लागेका उनले भने, ‘प्रतियोगिताले युवाहरुलाई प्लेटफर्म दिनेमात्र होइन, स्वस्थ्यप्रति सजग रहन र सही बाटोमा लाग्न उत्प्रेरित गर्ने मेरो बुझाइ छ ।’
मास्टर र ओभरअल गरि ११ जना प्रतिष्पर्धी रहेको उक्त प्रतियोगितामा सागर बिक फस्ट रनरअप भए भने सेकेन्ड रनर अप उपाधि तारा गुरुङले जिते । मास्टरतर्फ खगेन्द्रराज गुरुङ विजेता बने भने फस्ट र सेकेन्ड रनरअपमा क्रमशः क्याप्टेन उमेश पुन र नेत्र फगामी भए । प्रतियोगितामा क्रिस र हेलेन निर्णायक थिए ।
प्रमुख अतिथी एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी, उपाध्यक्ष पुनम गुरुङ, आयोजक संस्थाका अध्यक्ष सुक गुरुङ, प्रमुख सल्लाहकार शुक्र राई, फरेभर फ्रेन्डस टिम, किशोर थापा, पिपल मोर्गेजका सूर्य गुरुङ, इस्ट लण्डन गोर्खा कम्युनिटी, धन सार्की लगायतले विजेतालाई उपाधि प्रदान गरेका थिए ।
आयोजक यूके नेपाल इन्टरनेशनल बडी बिल्डिङ लिगका अध्यक्ष सुक गुरुङले स्वस्थ्य सचेतना र युवाहरुलाई अवसर प्रदान गर्न विगत सात वर्षदेखि प्रतियोगिता गरिंदै आएको जनाए । उनले खेलाडीहरुलाई ‘ओलम्पिया’ सम्म जान सक्ने वातावरण सहित् प्रतियोगिता गरिएको बताए ।
सो अवसरमा मोडलहरु अनिता लिम्बु र जेनी सुनुवारले नृत्य र गायिका प्रिती आलेले गायनमार्फत मनोरन्जन दिलाएका थिए । पूर्व च्यामपियनहरु हिमाल भुजेल र बिसन गुरुङले गेस्ट पोज दिएका थिए ।
सो अवसरमा पूर्व अध्यक्ष तथा सल्लाहकार किशोर गुरुङ, सल्लाहकार गंगा गुरुङ, नारायण गुरुङ र सूर्य गुरुङलाई विशेष सम्मान गरिएको थियो । सूर्य गुरुङले सन्चालन गरेको उक्त कार्यक्रम सफल बनाउन मिसेस यूके नेपाल टिम, ह्यारी गुरुङ, चित्रकला गुरुङ, सुमी गुरुङ लगायत स्वयंसेवकहरुको भूमिका थियो ।
तस्विर- शंकर श्रेष्ठ/प्रोडक्सन थ्री
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’