लन्डन । गैर आवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष कुल आचार्यले आउंदो अक्टोबरमा काठमाडौंमा हुन गइरहेको संघको नवौं विश्व सम्मेलनमा आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् ।
एनआरएनलाई प्रवासमा बस्ने हरेक गैर आवासीय नेपालीलाई समेट्ने गरी समावेशी र सशक्त बनाउन आफूले उम्मेदवारी दिन लागेको बताउंदै लन्डनका सफल व्यवसायी आचार्यले साथीहरुसंग सरसल्लाह गरी आफ्ना एजेन्डा छिट्टै सार्वजनिक गर्ने पनि बताए ।
केन्द्रीय अध्यक्ष भवन भट्टले गए बुधबार मध्यराती एक वक्तव्य दिंदै अब आउंदो कार्यकालका लागि उम्मेदवारी नदिने घोषणा गरेपछि आचार्यको भनाइ आएको छ । उनले अध्यक्ष भट्टको घोषणा सकारात्मक भएको बताए ।
एनआरएनए एउटा गैरराजनीतिक सामाजिक संस्था भएको बताउंदै आचार्यले अग्रजहरुसंगको सरसल्लाह र सबै साथीहरुको आग्रह र सहयोगमा आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको बताए ।
‘अध्यक्ष पदमा सहमतिको सम्भावना के छ ?’ भन्ने एक प्रश्नमा आचार्यले सहमतिका लागि आफू संधै खुला रहेको तर एनआरएनए जस्तो संस्थामा बन्द कोठाभित्र बसेर २-३ जनाले निर्णय गर्नु भन्दा प्रजातान्त्रिक ढंगले खुल्ला प्रतिस्पर्धाबाट नेतृत्व चयन हुनु पर्छ भन्ने आफ्नो धारणा रहेको जनाए ।
एनआरएनए एनसीसी बेलायतका पूर्व अध्यक्ष तथा एनआरएनए युरोप संयोजकको जिम्मेवारी सम्हालिसकेका उपाध्यक्ष आचार्यको संघकै अर्का केन्द्रीय उपाध्यक्ष जर्मनी निवासी व्यवसायी कुमार पन्तसंग प्रतिष्पर्धा हुने ठानिएको छ । पन्तले पनि आफू अध्यक्ष पदमा उम्मेदवारी दिन तयार रहेको बताइसकेका छन् ।
आचार्यलाई प्रजातन्त्रवादी पक्षको सहयोग रहने धेरैको ठम्याइ छ भने पन्तलाई वामपन्थी समूहले साथ दिने आंकलन गरिएको छ । इकान्तिपुर
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’