लन्डन । गैर आवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष कुल आचार्यले आउंदो अक्टोबरमा काठमाडौंमा हुन गइरहेको संघको नवौं विश्व सम्मेलनमा आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् ।
एनआरएनलाई प्रवासमा बस्ने हरेक गैर आवासीय नेपालीलाई समेट्ने गरी समावेशी र सशक्त बनाउन आफूले उम्मेदवारी दिन लागेको बताउंदै लन्डनका सफल व्यवसायी आचार्यले साथीहरुसंग सरसल्लाह गरी आफ्ना एजेन्डा छिट्टै सार्वजनिक गर्ने पनि बताए ।
केन्द्रीय अध्यक्ष भवन भट्टले गए बुधबार मध्यराती एक वक्तव्य दिंदै अब आउंदो कार्यकालका लागि उम्मेदवारी नदिने घोषणा गरेपछि आचार्यको भनाइ आएको छ । उनले अध्यक्ष भट्टको घोषणा सकारात्मक भएको बताए ।
एनआरएनए एउटा गैरराजनीतिक सामाजिक संस्था भएको बताउंदै आचार्यले अग्रजहरुसंगको सरसल्लाह र सबै साथीहरुको आग्रह र सहयोगमा आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको बताए ।
‘अध्यक्ष पदमा सहमतिको सम्भावना के छ ?’ भन्ने एक प्रश्नमा आचार्यले सहमतिका लागि आफू संधै खुला रहेको तर एनआरएनए जस्तो संस्थामा बन्द कोठाभित्र बसेर २-३ जनाले निर्णय गर्नु भन्दा प्रजातान्त्रिक ढंगले खुल्ला प्रतिस्पर्धाबाट नेतृत्व चयन हुनु पर्छ भन्ने आफ्नो धारणा रहेको जनाए ।
एनआरएनए एनसीसी बेलायतका पूर्व अध्यक्ष तथा एनआरएनए युरोप संयोजकको जिम्मेवारी सम्हालिसकेका उपाध्यक्ष आचार्यको संघकै अर्का केन्द्रीय उपाध्यक्ष जर्मनी निवासी व्यवसायी कुमार पन्तसंग प्रतिष्पर्धा हुने ठानिएको छ । पन्तले पनि आफू अध्यक्ष पदमा उम्मेदवारी दिन तयार रहेको बताइसकेका छन् ।
आचार्यलाई प्रजातन्त्रवादी पक्षको सहयोग रहने धेरैको ठम्याइ छ भने पन्तलाई वामपन्थी समूहले साथ दिने आंकलन गरिएको छ । इकान्तिपुर
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक