लन्डन । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले बेलायतको प्रधानमन्त्री निर्वाचित बोरिस जोन्सनलाई बधाइसहित शुभकामना दिएको छ । गेसो सभापति कृष्णकुमार राईले एक विज्ञप्तिमार्फत बधाइ दिंदै गोर्खाहरुका विषयमा बेलायत र नेपालबीच दुई देशस्तरीय सम्झौताका निम्ति अनुरोध पनि गरेका छन् ।
गेसोले बोरिस नेतृत्वलाई बेलायत सरकार, नेपाल सरकार र गोर्खाहरु सम्मिलित त्रिपक्षीय प्राविधिक समितिले तयार पारेको प्रतिवेदनको जगमा भूतपूर्व गोर्खाहरुको समस्या सम्बोधन होस् भन्ने माग गरेको छ ।
गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) को प्रतिक्रिया–
एउटा उच्च विकसित राष्ट्र वेलायतको प्रधानमन्त्री जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएकोमा बोरिस जोन्सनलाई गोरखा भूतपूर्व सैनिक संघ (गेसो) हार्दिक बधाई ज्ञापन गर्दछौं । प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतको जारी समस्याहरुको हल गरेर बेलायतलाई नयाँ बाटो र उज्यालो देखाउनु हुनेछ भन्नेमा सबैले आशा गरेका छन्, उहाँलाई शुभकामना दिन चाहन्छौं । उहाँले आफ्नो कार्यकालमा बेलायती सेनाको अभिन्न अंगको रुपमा रहेको गोरखा भूतपूर्व सैनिकहरुको समस्याहरु सम्बोधनको निम्ती ठोस कदम चाल्नु हुनेमा हामी आशावादी छौं ।
उहांहरुलाई हामी अनुरोध गर्न चाहन्छौं, ‘बेलायत सरकार, नेपाल सरकार र गोर्खाहरु सम्मिलित त्रिपक्षीय प्राविधिक समितिले तयार पारेको प्रतिवेदनको जगमा भूतपूर्व गोरखाहरुको समस्या सम्बोधन होस् ।’ बेलायत भ्रमणको बेला नेपालका प्रधानमन्त्री समकक्षी केपी शर्मा ओलीले गर्नुभएको प्रस्ताव ‘त्रिपक्षीय सम्झौताको पुनारावलोकन’ मा उहां सकरात्मक हुनु हुनेछ भन्नेमा हामी विश्वस्त छौं ।
त्रिपक्षीय प्राविधिक समितिको प्रतिवेदन अनुसार गोरखाहरुको समस्या सम्बोधनसंगै गोर्खाहरुको बिषयमा पनि बेलायत र नेपालबीच दुईदेशस्तरीय सम्झौताका निम्ति हामी अनुरोध गर्न चाहन्छौं । आजको बेलायत निर्माणमा गोर्खाहरुको धेरै ठूलो योगदान र बलिदान रहिआएको छ, रहनेछ । उहांको कार्यकालमा यसको उचित मुल्याङ्कन हुनेमा हामी आशावादी छौं ।
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक