लन्डन । लन्डनमा पहिलोपटक ‘ब्रिटिश नेपलिज प्रिमियर लिग सुपर ८ कर्पोरेट क्रिकेट प्रतियोगिता- २०१९’ गरिने भएको छ । लन्डन ग्रीनफोर्डस्थित केटिएम ट्राभल एण्ड टुर्सको आयोजनामा आउंदो अगष्ट ११, आइतबार साउथहलको लन्डन टाइगर्स स्पोर्टस कम्प्लेक्स मैदानमा प्रतियोगिता हुन लागेको हो । बिहान ८ देखि सांझ ८ बजेसम्म सम्पूर्ण खेल र पुरस्कार वितरण गर्ने आयोजकको योजना छ ।
शनिबार सांझ डेनहमस्थित मंक रेष्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले कार्यक्रमबारे जानकारी दिएका हुन् ।
पत्रकार सम्मेलनमा टुर्नामेन्ट डिरेक्टर विनोद विकास सिम्खडा, इभेन्ट डिरेक्टर सुनिल थापा, अपरेसन डिरेक्टर अभिषेक भट्टराई र टिम डिरेक्टर विक्रम गुरुङले खेलका विभिन्न पक्षबारे प्रष्ट्याएका थिए । उक्त अवसरमा टिम ‘ड्र’ पनि गरियो ।
बेलायतमा रहेका ६ व्यवसायिक टिमबीच एकै दिन ८ ओभरको रोमाञ्चक खेल हुने टुर्नामेन्ट डिरेक्टर सिम्खडाले बताए । उनले आइसीसी मापदण्ड अनुरुप नै खेल खेलाइने र पर्याप्त सुरक्षा व्यवस्था पनि गरिने जनाए । बेलायतमा हुने नेपाली इभेन्टमध्ये यो प्रतियोगिता सर्वाधिक पुरस्कार राशीको हुने बताएपनि सिम्खडाले कति रकम भन्ने चाहिं निर्णय हुन बांकी रहेको बताए । प्रतियोगिताको कुल बजेट कम्तीमा १० हजार पाउण्ड हुने अनुमान गरिएको छ ।
इभेन्ट डिरेक्टर सुनिल थापाले बेलायतमा रहेका युवा खेलाडीलाई प्रोत्साहन र उनीहरुको खेल विकास साथै युवाबीच अन्तरघुलन गराउने उद्देश्यले आफ्नो ट्राभलले प्रतियोगिता परिकल्पना गरेको बताए । ‘पहिलोपटक हामीले यो खेल आंटेकाले चुनौतिपूर्ण पनि छ’, थापाले भने, ‘तर यसले बेलायतको नेपाली समुदायमा पृथक रचनात्मक क्रियाकलापको शुभारम्भ हुने हाम्रो विश्वास छ ।’
दर्शकहरुलाई निशुल्क प्रवेश व्यवस्था हुने र १५ देखि २५ सय सम्म दर्शक सहभागी हुने अपेक्षा गरिएको थापाले बताए ।
प्रतियोगी टिमहरुमध्ये ब्रिगेड अफ गोर्खाजलाई रेड २७ मोबाइल, टेन क्यूओजिएलआरलाई पिपल स्टेट एजेन्ट, गोर्खाज् कन्सट्रक्सन ह्यारोलाई गोर्खा कन्सट्रक्सन, डांफे क्रिकेट क्लब ग्रीनफोर्डलाई एचटिआर केयर एण्ड रिक्रुटमेन्ट, हिमालयन क्रिकेट क्लबलाई योर ड्राइभिङ स्कुल र नव युवा क्रिकेट क्लबलाई खुकुरी बियरले प्रायोजन गर्ने आयोजकले जनाएका छन् ।
कार्यक्रममा प्रायोजकका तर्फबाट पिपल स्टेट एजेन्टका सूर्य गुरुङ, योर ड्राइभिङ स्कुलका होमराज बिष्ट, गोर्खा कन्सट्रक्सनका प्रमिस श्रेष्ठ, एचटिआर केयर एण्ड रिक्रुटमेन्टका टंक भट्टराई लगायतले विभिन्न जिज्ञासा राखेका थिए ।
तस्विरहरु- शिव भण्डारी
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
थारु कल्याणकारिणी सभा यूकेले दोस्रो माघी महोत्सव मनाउने
सोलार फार्म नेपालले चार प्रतिशत बोनस शेयर दिने
बेलायतमा दिउँसोको समयमा “जङ्क फूड” को विज्ञापनमा प्रतिबन्ध
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार