लन्डन । लन्डनमा पहिलोपटक ‘ब्रिटिश नेपलिज प्रिमियर लिग सुपर ८ कर्पोरेट क्रिकेट प्रतियोगिता- २०१९’ गरिने भएको छ । लन्डन ग्रीनफोर्डस्थित केटिएम ट्राभल एण्ड टुर्सको आयोजनामा आउंदो अगष्ट ११, आइतबार साउथहलको लन्डन टाइगर्स स्पोर्टस कम्प्लेक्स मैदानमा प्रतियोगिता हुन लागेको हो । बिहान ८ देखि सांझ ८ बजेसम्म सम्पूर्ण खेल र पुरस्कार वितरण गर्ने आयोजकको योजना छ ।
शनिबार सांझ डेनहमस्थित मंक रेष्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले कार्यक्रमबारे जानकारी दिएका हुन् ।
पत्रकार सम्मेलनमा टुर्नामेन्ट डिरेक्टर विनोद विकास सिम्खडा, इभेन्ट डिरेक्टर सुनिल थापा, अपरेसन डिरेक्टर अभिषेक भट्टराई र टिम डिरेक्टर विक्रम गुरुङले खेलका विभिन्न पक्षबारे प्रष्ट्याएका थिए । उक्त अवसरमा टिम ‘ड्र’ पनि गरियो ।
बेलायतमा रहेका ६ व्यवसायिक टिमबीच एकै दिन ८ ओभरको रोमाञ्चक खेल हुने टुर्नामेन्ट डिरेक्टर सिम्खडाले बताए । उनले आइसीसी मापदण्ड अनुरुप नै खेल खेलाइने र पर्याप्त सुरक्षा व्यवस्था पनि गरिने जनाए । बेलायतमा हुने नेपाली इभेन्टमध्ये यो प्रतियोगिता सर्वाधिक पुरस्कार राशीको हुने बताएपनि सिम्खडाले कति रकम भन्ने चाहिं निर्णय हुन बांकी रहेको बताए । प्रतियोगिताको कुल बजेट कम्तीमा १० हजार पाउण्ड हुने अनुमान गरिएको छ ।
इभेन्ट डिरेक्टर सुनिल थापाले बेलायतमा रहेका युवा खेलाडीलाई प्रोत्साहन र उनीहरुको खेल विकास साथै युवाबीच अन्तरघुलन गराउने उद्देश्यले आफ्नो ट्राभलले प्रतियोगिता परिकल्पना गरेको बताए । ‘पहिलोपटक हामीले यो खेल आंटेकाले चुनौतिपूर्ण पनि छ’, थापाले भने, ‘तर यसले बेलायतको नेपाली समुदायमा पृथक रचनात्मक क्रियाकलापको शुभारम्भ हुने हाम्रो विश्वास छ ।’
दर्शकहरुलाई निशुल्क प्रवेश व्यवस्था हुने र १५ देखि २५ सय सम्म दर्शक सहभागी हुने अपेक्षा गरिएको थापाले बताए ।
प्रतियोगी टिमहरुमध्ये ब्रिगेड अफ गोर्खाजलाई रेड २७ मोबाइल, टेन क्यूओजिएलआरलाई पिपल स्टेट एजेन्ट, गोर्खाज् कन्सट्रक्सन ह्यारोलाई गोर्खा कन्सट्रक्सन, डांफे क्रिकेट क्लब ग्रीनफोर्डलाई एचटिआर केयर एण्ड रिक्रुटमेन्ट, हिमालयन क्रिकेट क्लबलाई योर ड्राइभिङ स्कुल र नव युवा क्रिकेट क्लबलाई खुकुरी बियरले प्रायोजन गर्ने आयोजकले जनाएका छन् ।
कार्यक्रममा प्रायोजकका तर्फबाट पिपल स्टेट एजेन्टका सूर्य गुरुङ, योर ड्राइभिङ स्कुलका होमराज बिष्ट, गोर्खा कन्सट्रक्सनका प्रमिस श्रेष्ठ, एचटिआर केयर एण्ड रिक्रुटमेन्टका टंक भट्टराई लगायतले विभिन्न जिज्ञासा राखेका थिए ।
तस्विरहरु- शिव भण्डारी
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने