लन्डन । करिब २२ हजार आवेदकमध्येबाट छानिएर ‘मिस इंग्याण्ड प्रतियोगिता-२०१९’ को फाइनल पुगेकी नेपाली चेली प्रतिष्ठा ‘तृष’ राउतलाई जिताउन यतिखेर नेपाली समुदाय जुटेको छ । बेलायतको एउटा प्रतिष्ठित सौन्दर्य प्रतियोगितामा पहिलो पटक नेपाली त्यो चरणसम्म पुग्नुलाई यहांको नेपाली डायस्पोराले गर्वका रुपमा लिएको छ ।
अल्डरसट निवासी २६ वर्षीया प्रतिष्ठा भूपू गोर्खा प्रकाश राउतकी छोरी हुन् । गोर्खा पृष्ठभूमिबाट भएकाले पनि उनको जित सुनिश्चित गर्न नेपाली र गोर्खा समुदाय लागेका छन् । ‘उनको जित केवल राउत परिवारको मात्र होइन, यो नेपालकै गर्वको विषय हुनेछ’, शनिबार प्रतिष्ठाकै सहयोगार्थ आयोजित च्यारिटीका एक संयोजक सामाजिक अभियन्ता रामशरण सिम्खडाले भने, ‘उनको च्यारिटीलाई सहयोग गरेर वा मत दिएर जिताउन हामी सामूहिक पहलमा लागेका छौं ।’
लन्डन हयारोमा आयोजित च्यारिटी डिनरमा करिब १० हजार पाउण्ड सहयोगको प्रतिवद्धता आएको संयोजक सिम्खडाले जानकारी दिए । क्षेत्री समाज यूके, इन्टेक १९८२ लगायत संस्थाबाट संस्थागत र अन्य व्यक्तिगत सहयोग अप्रत्यासित रुपमा पाएपछि आशावादी थिइन् प्रतिष्ठा ।
पेशाले फ्लोर प्लान आर्किटेक्ट प्रतिष्ठाले मानसिक स्वास्थ्य सचेतना र त्यस समस्याबाट पीडित व्यक्तिको सहयोगका लागि च्यारिटी जुटाइरहेकी छन् । प्रभावकारी च्यारिटी कामले प्रतियोगीलाई ‘व्युटी वीथ अ परपोज’ टाइटिल जिताउनेछ । ‘मानसिक स्वास्थ्यलाई मानिसले सहज रुपमा लिइरहेका छन् । तर, यसको पीडा त्यसलाई मात्र थाहा हुन्छ जसले प्रत्यक्ष भोगेको छ’, आंसु झार्दै भावुक बनेकी प्रतिष्ठाले भनिन्, ‘म यस प्रतियोगिताभरमात्र होइन, भविष्यमा पनि मानसिक स्वास्थ्यबाट पीडित व्यक्तिहरुको सहयोग र जनचेतना जगाउन लागि पर्नेछु ।’
५४ प्रतिष्पर्धीबीच १० राउण्डमा मिस इंग्ल्याण्ड २०१९ फाइनल यही ३१ जुलाइ र १ अगष्टमा न्यू क्यासल अपन टाइनमा हुने तयारी छ । ३१ जुलाइमा स्पोर्टस् डे र सौन्दर्यसम्बन्धि परीक्षा अनि भोलिपल्ट ‘ग्रयाण्ड फिनाले’ हुने आयोजकले जनाएका छन् । सबै प्रतियोगी फाइनल क्याटवाकमा देखिनेछन् भने क्रमशः टप २० र टप ५ छानिने छ ।
१ अगष्ट बिहीबार १२ बजेसम्म भोटिङ समयसीमा छ । प्रतिष्ठाले ‘मिस इंग्ल्याण्ड ४२ टु ६३३३३ मा टेक्सट’ गरेर वा अनलाइन भोटमार्फत सहयोग गर्न पनि अपिल गरेकी छन् । इकान्तिपुर
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने