लन्डन । करिब २२ हजार आवेदकमध्येबाट छानिएर ‘मिस इंग्याण्ड प्रतियोगिता-२०१९’ को फाइनल पुगेकी नेपाली चेली प्रतिष्ठा ‘तृष’ राउतलाई जिताउन यतिखेर नेपाली समुदाय जुटेको छ । बेलायतको एउटा प्रतिष्ठित सौन्दर्य प्रतियोगितामा पहिलो पटक नेपाली त्यो चरणसम्म पुग्नुलाई यहांको नेपाली डायस्पोराले गर्वका रुपमा लिएको छ ।
अल्डरसट निवासी २६ वर्षीया प्रतिष्ठा भूपू गोर्खा प्रकाश राउतकी छोरी हुन् । गोर्खा पृष्ठभूमिबाट भएकाले पनि उनको जित सुनिश्चित गर्न नेपाली र गोर्खा समुदाय लागेका छन् । ‘उनको जित केवल राउत परिवारको मात्र होइन, यो नेपालकै गर्वको विषय हुनेछ’, शनिबार प्रतिष्ठाकै सहयोगार्थ आयोजित च्यारिटीका एक संयोजक सामाजिक अभियन्ता रामशरण सिम्खडाले भने, ‘उनको च्यारिटीलाई सहयोग गरेर वा मत दिएर जिताउन हामी सामूहिक पहलमा लागेका छौं ।’
लन्डन हयारोमा आयोजित च्यारिटी डिनरमा करिब १० हजार पाउण्ड सहयोगको प्रतिवद्धता आएको संयोजक सिम्खडाले जानकारी दिए । क्षेत्री समाज यूके, इन्टेक १९८२ लगायत संस्थाबाट संस्थागत र अन्य व्यक्तिगत सहयोग अप्रत्यासित रुपमा पाएपछि आशावादी थिइन् प्रतिष्ठा ।
पेशाले फ्लोर प्लान आर्किटेक्ट प्रतिष्ठाले मानसिक स्वास्थ्य सचेतना र त्यस समस्याबाट पीडित व्यक्तिको सहयोगका लागि च्यारिटी जुटाइरहेकी छन् । प्रभावकारी च्यारिटी कामले प्रतियोगीलाई ‘व्युटी वीथ अ परपोज’ टाइटिल जिताउनेछ । ‘मानसिक स्वास्थ्यलाई मानिसले सहज रुपमा लिइरहेका छन् । तर, यसको पीडा त्यसलाई मात्र थाहा हुन्छ जसले प्रत्यक्ष भोगेको छ’, आंसु झार्दै भावुक बनेकी प्रतिष्ठाले भनिन्, ‘म यस प्रतियोगिताभरमात्र होइन, भविष्यमा पनि मानसिक स्वास्थ्यबाट पीडित व्यक्तिहरुको सहयोग र जनचेतना जगाउन लागि पर्नेछु ।’
५४ प्रतिष्पर्धीबीच १० राउण्डमा मिस इंग्ल्याण्ड २०१९ फाइनल यही ३१ जुलाइ र १ अगष्टमा न्यू क्यासल अपन टाइनमा हुने तयारी छ । ३१ जुलाइमा स्पोर्टस् डे र सौन्दर्यसम्बन्धि परीक्षा अनि भोलिपल्ट ‘ग्रयाण्ड फिनाले’ हुने आयोजकले जनाएका छन् । सबै प्रतियोगी फाइनल क्याटवाकमा देखिनेछन् भने क्रमशः टप २० र टप ५ छानिने छ ।
१ अगष्ट बिहीबार १२ बजेसम्म भोटिङ समयसीमा छ । प्रतिष्ठाले ‘मिस इंग्ल्याण्ड ४२ टु ६३३३३ मा टेक्सट’ गरेर वा अनलाइन भोटमार्फत सहयोग गर्न पनि अपिल गरेकी छन् । इकान्तिपुर
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता